हर्कको श्रमदान अभियानमा गएकी किशोरीमाथि यौन दुर्व्यवहार, एकजना समातिए | Khabarhub Khabarhub

हर्कको श्रमदान अभियानमा गएकी किशोरीमाथि यौन दुर्व्यवहार, एकजना समातिए


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानका क्रममा एकजना किशोरीमाथि यौन दुर्व्यवहार भएको खुलेको छ ।

इलाका प्रहरी कार्यालय धरानले शुक्रबार पत्रकार सम्मेलन गरेर धरान उपमहानगरपालिका-१६ स्थित नौलो बस्तीमा किशोरीमाथि भएको यौन दुव्यर्वहारको घटनामा संलग्न भएको आरोपमा सार्वजनिक गरेको हो । तर प्रहरीले ती पीडकको पनि नाम गोप्य राखेको छ ।

प्रहरीका अनुसार नौली बस्तीस्थित सर्दु खोलामा श्रमदानमा गएकी १३ वर्षीया किशोरीलाई गत वैशाख १७ गते यौन दुव्यर्वहार भएको थियो ।

करिब ५०/५५ वर्षका एकजना पुरूषले दुव्यर्वहार गरेको कुरा सार्वजनिक भएको थियो । तर मेयर साम्पाङले भने आफ्नो श्रमदान टोलीका कसैले पनि त्यस्तो दुर्व्यवहा नगरेको भन्दै बचाउमा उत्रिएका थिए ।

किशोरीमाथि यौन दुर्व्यवहारमा संलग्न आरोपित पुरूषलाई बिहीबार पक्राउ गरेर शुक्रबार घटना विवरण सार्वजनिक गरिएको हो । किशोरीमाथि यौन हिंसाको विषय संवेदनशील भएकाले पीडितसँगै पीडकको पनि नाम गोप्य राखिएको इलाका प्रहरी कार्यालय धरनका डीएसपी प्रकाश जबेगुले बताए ।

पीडित पक्षले बालयौन दुरूपयोग अभियोगमा इलाका प्रहरी कार्यालयमा जाहेरी दिइसकेको छ। त्यही जाहेरीका आधारमा प्रक्रिया अघि बढाएर आरोपीलाई पक्राउ गरिएको जबेगुले बताए । स्रोतका अनुसार प्रहरीले धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय खजिन्द्र राईलाई पक्राउ गरेको खुलेको छ।

प्रहरीले उक्त प्रकरण ढाकछोप र मिलापत्र गराउन सक्रिय व्यक्तिहरूबारे अनुसन्धान थालिएको जनाएको छ । प्रहरीमा जाहेरी परेपछि पनि उक्त घटना मिलाउन भन्दै केही व्यक्ति इप्रका पुगेको खुलेको छ । यसरी गम्भीर अपराधको घटनामा मिल्न दबाब दिनेलाई कानुनी कारबाही गरिने जबेगुले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १ : ४३ बजे

जंगीअड्डा अगाडि जेन-जीको नाराबाजी, माइकिङ गर्दै सेना (तस्बिरहरू

काठमाडौँ- सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने रस्साकस्सी चलिरहेका बेला

झापाबाट ९२ जना थुनुवा फरार

झापा– ‘जेन-जी’ प्रदर्शनका क्रममा झापाका विभिन्न इलाका प्रहरी कार्यालयको हिरासतबाट

पोखरामा आज साँझ ५ बजेसम्म निषेधाज्ञा जारी

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र आज बिहान ११

जेन-जी दाबी गर्दै विभिन्न समूहबीच जङ्गीअड्डा अगाडि आज पनि विवाद

काठमाडौँ – आफूलाई जेन-जी पुस्ता दाबी गरेका विभिन्न समूहले सैनिक

नख्खुबाट रवि निस्किएसँगै विभिन्न जेलबाट भागेका १६७ जना कैदी समातिए

काठमाडौँ- देशका विभिन्न कारागारबाट भागेका डेढ सय कैदी सिन्धुलीबाट पक्राउ