नागरिकता ऐन २०६३ को संशोधन विधेयकलाई आवश्यक सुधार गर्न सकिन्छ : विमला घिमिरे « Khabarhub

नागरिकता ऐन २०६३ को संशोधन विधेयकलाई आवश्यक सुधार गर्न सकिन्छ : विमला घिमिरे


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन २०६३ को संशोधन विधेयकलाई आवश्यक सुधार गरेर पारित गर्न सकिने बताएकी छन् ।  

महिला कानून र विकास मञ्चले शुक्रबार काठमाण्डौमा आयोजना गरेको नागरिकता ऐन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले संविधानले व्यवस्था गरेका प्रावधानहरूलाई ऐन मार्फत कार्यान्वयन गर्नका लागि विधेयकमा सुधार गरेर जान सकिने धारणा राखेकी हुन् ।

संविधानले समानता र न्यायको भावना बोकेकाले नागरिकता ऐन त्यसलाई व्यवहारमा उतार्ने माध्यम हुनुपर्ने उनले बताइन् । उनले नागरिकता सम्बन्धी ऐनले ब्यक्तिको  सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक सहभागिताको ढोका खोल्ने हुँदा बढी संवेदनशील हुन आग्रह पनि गरिन् । 

राष्ट्रिय सभाले एक दृढ, विवेकपूर्ण र मानवीय दृष्टिकोण अपनाउँदै यो विधेयकलाई न्यायोचित रूप दिने दिशामा काम गर्नुपर्ने उनले बताइन् ।  

कार्यक्रममा सहभागीहरूले ऐनमा रहेका केही बुँदाहरूमा संशोधन गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  २ : ०० बजे

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म