चलचित्र बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने « Khabarhub

चलचित्र बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र विकास बोर्डले आफ्ना ३३ प्रकारका सेवा अनलाइन माध्यमबाट प्रदान गरेको छ । बोर्ड स्थापना भएको २५ वर्ष पूरा भएको उपलक्ष्यमा घोषणा गरिएअनुसार चलचित्र दर्ता, जाँच सिफारिस, घर इजाजत, चलचित्र महोत्सव आयोजना स्वीकृतिलगायतका ३३ प्रकारका सेवाका लागि अब कार्यालय जान नपर्ने भएको छ ।

यसका साथै बोर्डले ‘बक्सअफिस २ सिनेपा’ नामक ‘एप’ सञ्चालनमा ल्याएको छ । यस किसिमको नयाँ व्यवस्थासँगै कार्यालय धाउनुपर्ने अवस्था अन्त्य भएको र चलचित्रको व्यापारलाई पारदर्शी बनाएको अध्यक्ष दिनेश डिसीले बताए ।

‘हामीले नेपालभर रहेका एक सय ६६ चलचित्र भवनलाई बक्सअफिस एपमा जोडेका छौँ । यसले व्यापारलाई पारदर्शी बनाउँछ र निर्माता, वितरक एवं प्रदर्शकबीचको सम्बन्धलाई आगामी दिनमा अझै हार्दिकता र मित्रवत् बनाउँछ । अब चलचित्र भवनमा टिकट बिक्री हुने बित्तिकै त्यो जानकारी निर्माताले पाउनुहुनेछ । यसका साथै अनलाइन सेवाका कारण बोर्डमा धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । सामान्य सेवाहरू अनलाइन कै माध्यमले लिन सक्नुहुनेछ’, अध्यक्ष डिसीले भने ।

पदभार ग्रहण गरेदेखि नै योजनाबद्ध रूपमा सुरु गरिएको काम लगभग अन्त्यतिर पुगेको उल्लेख गर्दै उहाँले सूचना र प्रविधिको विकास एवं विस्तारसँगै चलचित्र क्षेत्रमा देखिएका समस्या समाधानका लागि योजनाबद्ध ढङ्गबाट समयसापेक्ष रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बोर्डले आगामी आर्थिक वर्षदेखि क्षमता अभिवृद्धि, सिपमूलक कार्यमा चलचित्रसँग जोडिएका सङ्घ संस्थासँग सहकार्य गरेर काम गर्ने योजना रहेको पनि अध्यक्ष डिसीले बताए ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  २ : १३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको