मुग्लिङ पुलबाट त्रिशूलीमा हामफाल्न लागेका वृद्धलाई स्थानीयले बचाए « Khabarhub

मुग्लिङ पुलबाट त्रिशूलीमा हामफाल्न लागेका वृद्धलाई स्थानीयले बचाए


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनको मुग्लिङ बजारस्थित मोटरेबल पुलबाट त्रिशूलीमा हामफाल्न ठिक्क परेका एकजना वृद्धलाई स्थानीयबासीले बचाएका छन् ।

आफूले बोकेको झोला, जुत्ता र पर्ससहित पुलको खम्बामा बाँधेर हामफाल्न तम्तयार उनलाई स्थानीयले रोकेर बचाएका हुन् ।

गोरखाको हर्मी घर बताउने उनले आफ्नो नामा दीनानाथ पराजुलीका रुपमा खुलाएका छन् । उनले आफू २०१९ सालमा जन्मिएको पनि उल्लेख गरेका छन् ।

पुल छेउको लट्ठामा चढेर फाल हान्नै लागेको अवस्थामा स्थानीयले देखेर उनलाई रोकेका थिए । ज्यान बचाएपछि पनि उनले भने, ‘मलाई बाँच्न रहर छैन ।’

उनका अनुसार काठमाडौंमा श्रीमती, दुई भाइ छोरा र बुहारीहरू पनि छन् । उनी शुक्रबार बिहान घरमै मोबाइल फोनसमेत छोडेर हिँडेका थिए ।

उनले आफू मुग्लिङ पुलबाट त्रिशूलीमा हामफालेर मर्नैका लागि आएको बताए । ‘काठमाडौंको नैकापस्थित घरमा दुई भाइ छोरा, बुहारी र श्रीमती छन्’, उनले निराश मुद्रामा भने, ‘म काठमाडौंदेखि मुग्लिङ पुलबाट हामफाल्नै यहाँ आएको हो। बिहान छोरा-बुहारीसँग भात खाएर हिँडेको थिएँ ।’

उनले गोरखाको घरमा कोही पनि नभएको पनि बताए । ‘गोरखाको घरमा ताला लागेको छ’, उनले भने, ‘मलाई बाँच्नै मन थिए । त्यही भएर यहाँ आएको थिएँ तर मलाई बचाइदिनु भयो ।’

उनले परिवारका सदस्यले फोन गर्छन् भनेर मोबाइल फोन पनि काठमाडौंमै छाडेर हिँडेको बताए। ‘फोन गर्छन् भनेर मोबाइल फोन नबोकी आएको हो’, तनावमा देखिएका उनले भने, ‘मेरो दिमागले केही सोच्न सकेको छैन ।’

स्थानीयले बचाएपछि अहिले उनलाई इलाका प्रहरी कार्यालय मुग्लिङको टोलीले लिएर गएको छ । परिवारको सदस्यको नम्बर थाहा नभएको बताएका उनलाई प्रहरीले परिवारसँग सम्पर्क गराउन जुटेको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ३ : १५ बजे

सबैको नजर रोनाल्डोमाथि, सरप्राइज दिने दाउमा डीआर कंगो

काठमाडौं – क्रिस्टियानो रोनाल्डो एक विश्वकप जितेर आफ्नो फुटबल करिअरलाई

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु