माधव नेपालको जिकिर- मैले भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान गर्न सक्छु | Khabarhub Khabarhub

माधव नेपालको जिकिर- मैले भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान गर्न सक्छु


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताएका छन् ।  

शुक्रबार पार्टी कार्यालय आलोकनगरमा पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले कहिले पनि भ्रष्टाचार नगरेको भन्दै कसैले आफूविरुद्ध तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न तयार रहेको बताएका हुन् । आफूले सदैव विधि प्रक्रियाका आधारमा नै काम गर्ने गरेको उनले बताए ।

अध्यक्ष नेपालले मूल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले संकटग्रस्त अवस्थामा रहेको टिप्पणी गरे । एमालेभित्र देखिएको अन्तरसंघर्षले सो पार्टीको भविष्यमाथि नै प्रश्न उठ्ने देखिएको उनको भनाइ छ ।

अध्यक्ष नेपालले अरूको कुभलो चिताउने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको सिकार हुने र दक्षिणपन्थी अवसरवादमा चुर्लुम्म डुब्ने प्रवृत्तिलाई परास्त गर्नुपर्ने धारणा राखे ।  

त्यस्तै अध्यक्ष नेपालले वर्तमान सरकारले जनताको विश्वास जित्न नसकेको र परिणाम समेत दिन नसकेको बताए । वर्तमान सरकार जनविरोधी रहेकाले सरकारले पतन अनिवार्य रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ३ : ५५ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र