रामहरिले भने- पार्टीले निर्देशन दिए राजीनामा दिन तयार छु | Khabarhub Khabarhub

रामहरिले भने- पार्टीले निर्देशन दिए राजीनामा दिन तयार छु


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीले निर्देशन दिए राजीनामा दिन तयार रहेको बताएका छन् । 

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार उनले पार्टीले निर्देशन दिए संसदीय समितिको सभापति पदबाट राजीनामा दिने बताएका छन् । 

‘मेरो सन्दर्भमा के छ भने पार्टीले अहिल्यै बाहिर बस भन्यो भने म तयार छु,’ खतिवडाले बैठकमा भने ।  

संसदीय समितिबाट सर्वसम्मत पारित भएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा छेडखानी भएको भन्दै कांग्रेस केन्द्रीय सदस्य खतिवडा विवादमा तानिएका छन् । 

सत्ता साझेदार नेकपा एमालेदेखि प्रतिपक्षी दलहरू उनलाई नैतिकता देखाएर सभापतिबाट राजीनामा दिन सुझाव दिइरहेका छन् ।

बैठकमा खतिवडाले पार्टी सबैको भएको जिकिर गर्दै एकले अर्कालाई खुइल्याएर कहीँ नपुगिने पनि बताए । 

‘पार्टी सबैको हो, कसैले सभापतिलाई खुइल्याउने, कसैले उपसभापतिलाई खुइल्याउने, कसैले महामन्त्रीलाई खुइल्याउने, कसैले केन्द्रीय सदस्यलाई खुइल्याउने,’ उनले भने, ‘अनि पार्टी कहाँ पुग्छ ? त्यो कुरा कुरा बुझेर प्रस्तुत हुन र आगामी दिनमा यसलाई कसरी परिष्कृत गर्न सकिन्छ भन्ने कुरामा तपाईँहरू सचेत रहिदिनुस् ।’

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ३ : ५६ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र