सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते « Khabarhub

सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा चट्याङ एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–८ कुईरेमा रोपाइँको क्रममा चट्याङ पर्दा शुक्रबार दिउँसो करिब ३ बजे बिरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा चट्याङ पर्दा डिलबहादुर शाहीको मृत्यु भएको हो । 

प्रहरीका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारका लागि मेहलकुना अस्पताल लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको हो । 

घटनामा परेर पर्वत विक, हुमबहादुर थापा, नविन विक  र सुनिता गिरी  सामान्य घाइते भएका छन् । उनीहरूको मेहलकुना अस्पतालमै उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  

घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदम बहादुर खत्रीको नेतृत्वमा १० जना र अस्थायी प्रहरी पोष्ट जहरेबाट प्रहरी सह–निरीक्षक खगेन्द्र सुनारको नेतृत्वमा ५ जना प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ४ : ४० बजे

सबैको नजर रोनाल्डोमाथि, सरप्राइज दिने दाउमा डीआर कंगो

काठमाडौं – क्रिस्टियानो रोनाल्डो एक विश्वकप जितेर आफ्नो फुटबल करिअरलाई

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु