सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते « Khabarhub

सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा चट्याङ एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–८ कुईरेमा रोपाइँको क्रममा चट्याङ पर्दा शुक्रबार दिउँसो करिब ३ बजे बिरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा चट्याङ पर्दा डिलबहादुर शाहीको मृत्यु भएको हो । 

प्रहरीका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारका लागि मेहलकुना अस्पताल लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको हो । 

घटनामा परेर पर्वत विक, हुमबहादुर थापा, नविन विक  र सुनिता गिरी  सामान्य घाइते भएका छन् । उनीहरूको मेहलकुना अस्पतालमै उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  

घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदम बहादुर खत्रीको नेतृत्वमा १० जना र अस्थायी प्रहरी पोष्ट जहरेबाट प्रहरी सह–निरीक्षक खगेन्द्र सुनारको नेतृत्वमा ५ जना प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ४ : ४० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा