खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली « Khabarhub

खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रामपुर– एक गाग्री पिउने पानीका लागि घण्टौँ समय बिताएका माथिल्लो मनभागा गाउँका स्थानीयलाई अब भने खानेपानीको पीरलो छैन । घरमै धारा जडान गरेर पानी आएपछि स्थानीयको मुहार फेरिएको छ । 

रामपुर नगरपालिका–१० स्थित माथिल्लो मनभागा गाउँ नगरकै विकट भेगमा पर्छ । वर्षौंदेखि यहाँका स्थानीयले खानेपानीका लागि कष्ट भोग्दै आएका थिए । अहिले रामपुर नगर सरकारको सहयोगमा योजनामार्फत घरघरमा पानी आएको देख्दा स्थानीय खुसीले उत्साहित बनेका छन् । 

यहाँका स्थानीयलाई खानेपानी मात्र नभई घरायसी प्रयोजनका लागि पानीको उत्तिकै दुःख थियो । गाउँ नजिकका खोला, खोल्सा, मूल, कुवामा पुगेर एक गाग्री पानीका लागि घण्टौँ समय खर्चनु पर्दथ्यो । रामपुर नगरपालिकाको सहयोगमा लिफ्टिङमार्फत खानेपानी योजना निर्माण भएपछि घरघरमा पानीको सुविधा पुगेको छ । 

नगरपालिकाले खानेपानी योजना निर्माणका लागि विभिन्न आर्थिक वर्षमा गरेर १७ लाख ५० हजार रुपैयाँ रकम र स्थानीय उपभोक्ताको चार लाख २१ हजार ६०० रुपैयाँ सहयोगमा खानेपानी योजना सम्पन्न भई सञ्चालनमा आएको माथिल्लो मनभागा खानेपानी योजनाका सचिव थानबहादुर गाहाले जानकारी दिए ।

नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा आठ लाख, २०७५/७६ मा रु पाँच लाख, २०७८/७९ मा एक लाख ५० हजार र ७९/८० मा तीन लाख गरी कुल १७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको हो । सो योजना निर्माणका लागि स्थानीय उपभोक्ताले श्रमदानसमेत गरेका छन् ।
 
समितिका अध्यक्ष दिलबहादुर सिञ्जालीले २२ हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरी लिफ्टिङमार्फत योजना सम्पन्न गरी घरघरमा पानी वितरण भइरहेको बताए । मनभागामा टोकलोक डिबाट लिफ्टिङमार्फत यहाँका १८ घरपरिवारलाई शुद्ध पिउने पानी वितरण गरेको अध्यक्ष सिञ्जाली बताउछन् । 

खानेपानी योजनाले स्थानीयको दैनिकीमा ठूलो परिवर्तन ल्याइदिएको स्थानीय अमिता थापाले बताइन् । ‘पानी खोज्नका लागि सबेरै उठेर गाउँतिरका कुवा, खोल्सी, मूल भएतिर धाउनुपर्थ्यो, पानी खोज्नमै समय धेरै बिताउनुपर्थ्यो, घरको कामकाज गर्न धेरै अप्ठ्यारो स्थिति बेहोर्नुपर्‍यो, योजनामार्फत घरघरमा धारा जडान गरेर पानी आउँदा हर्षित छौँ, पानी बोक्नमा बित्ने समय अब अन्य कामकाजमा लगाउन पाइने भयो,’ उनले खुसी हुँदै भनिन् ।

घरको धारामा चौबिसैँ घण्टा पानी आइरहँदा स्थानीयको वर्षौंदेखिको सपना पूरा भएको छ । नगरकै विकट र दुर्गममा रहेको हुँदा कष्टका साथ गाउँमा खानेपानी योजना सम्पन्न गरेर पानी वितरण गर्न सफल भएको वडाध्यक्ष तोयानाथ सारु थापाले बताए ।

गाउँका स्थानीयले भोगेको खानेपानी समस्याले कतिबेला योजना सम्पन्न गरेर घरघरमा पानी खुवाउने भन्नेमा ध्यान केन्द्रित रहने गरेको र अहिले आएर सपना पूरा भएको नगरप्रमुख रमणबहादुर थापाले बताए । खानेपानी योजनाका लागि नगरप्रमुख थापाको जोडबलमा कामलाई धमाधम अगाडि बढाएर अहिले घरघरमा पानी पुर्‍याइएको हो । रासस

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ४ : ४२ बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स