शनिबारदेखि बजारमा रासायनिक मलको अभाव हुदैन : कृषिमन्त्री « Khabarhub

शनिबारदेखि बजारमा रासायनिक मलको अभाव हुदैन : कृषिमन्त्री


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले शनिबारदेखि बजारमा रासायनिक मलको अभाव नहुने बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार मन्त्रालयबारे ‘ब्रिफिङ’ गर्दै उनले यस्तो बताएका हुन् ।
 
कृषिमन्त्री अधिकारीले एक लाख १० हजार मल आइपुगेको पार्टीलाई जानकारी गराए । उनले शनिबारसम्ममा देशका विभिन्न स्थानमा रहेका गोदामहरूमा मल पुग्ने पनि बताए । 

‘एक लाख १० हजार टन मल आइपुगेको छ । हाम्रो ३७ स्थानमा गोदाम छ । आज धेरै ठाउँमा लोड भएर भोलिसम्ममा ती गोदामहरूमा मल पुग्दै छ,’ मन्त्री अधिकारीले भने, ‘सम्पूर्ण नेताजीहरूलाई अनुरोध गर्न चाहन्छु– मलाई लाग्छ भोलिबाट मलको समस्या बजारमा नआउला ।’

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ४ : ५४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन