सीमा क्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने « Khabarhub

सीमा क्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

धरान– सीमावर्ती क्षेत्रमा बढ्दो आपराधिक क्रियाकलाप र अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपालले उच्च सतर्कता अपनाउने प्रतिबद्धता जनाएको छ ।

सशस्त्र प्रहरीले सीमा सुरक्षा सुदृढीकरणलाई दीर्घकालीन प्राथमिकताका रूपमा लिँदै सीमावासीहरूसँग सहकार्य र समन्वय मजबुत बनाउने घोषणा गरेको हो । 

सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालय पकली, सुनसरीले आज ‘सीमावासीसँग सशस्त्र प्रहरी’ अन्तर्क्रिया गरेको थियो । सो अन्तर्क्रियामा सीमा अपराध नियन्त्रणका लागि स्थानीय तहसँग सहकार्य गर्ने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधीरजङ्ग थापाले बताए ।

अन्तरक्रियामा भारतसँग सीमा जोडिएका इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका ६६ वटा सीमावर्ती वडाका जनप्रतिनिधिको सहभागिता थियो । सीमा क्षेत्रमा फैलँदै गएको लागूऔषध ओसारपसार, भन्सार छली, चोरी तस्करीलगायतका सीमापार अपराधहरू नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले रणनीतिक योजना तयार गरी कार्यान्वयनमा लैजाने बराह बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले बताए । 

उनले सीमामा सुरक्षाको चुनौती बढेसँगै सीमा सुरक्षा मजबुत बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वयलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले हाल बन्द छोटी भन्सारहरू पुनः सञ्चालन गर्न, नयाँ छोटी भन्सारहरू स्थापना गर्न र सीमामा महिला सशस्त्र प्रहरी कर्मचारीहरूको सङ्ख्या वृद्धि गर्न माग गरेका छन् । सीमामा हुने आपराधिक गतिविधि नियन्त्रणमा महिला प्रहरीको उपस्थिति प्रभावकारी हुने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ६ : ०६ बजे

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो

‘थेम्सको लहरमा तमोरको स्पर्श’ कविता सङ्ग्रह विमोचन

पाटन– बेलायतमा बसोबास गर्दै आएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज–  बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले न्यायसम्पादनमा ढिलाइ हुँदा कतिपय

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा