कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : नेताहरूको कार्यशैली सुधार गर्नुपर्नेमा जोड « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : नेताहरूको कार्यशैली सुधार गर्नुपर्नेमा जोड


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार पार्टी कार्यालयमा बसेका कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैलीप्रति कार्यकर्ताहरू असन्तुष्ट रहेकाले नेताहरूले आफ्नो कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका हुन् । साथै उनीहरूले तोकिएको समयभित्र महाधिवेशन गर्ने सुनिश्चितता हुनुपर्ने धारणा राखेका थिए ।

शुक्रबार बैठकमा ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, दीपक गिरी, सुजाता परियार, कल्याणकुमार गुरुङ, सरिता प्रसाईँ लगायत ३० जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए भने आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्का, आमन्त्रित मन्त्रीहरू-तेजुलाल चौधरी (युवा तथा खेलकूद) र रामनाथ अधिकारी (कृषि तथा पशुपंक्षी विकास) ले आ–आफ्नो धारणा राखेको कांग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवले जानकारी दिए । 

उनले सरकारमा रहेका मन्त्रीहरूको कामकारबाहीका बारेमा छलफल भएपछि मन्त्री परिवर्तनका बारेमा भने कुनै छलफल नभएको जानकारी दिए ।  

विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेकाले कार्यसमितिको बैठक असार २२ गते बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ । 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ७ : ०० बजे

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,