कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : नेताहरूको कार्यशैली सुधार गर्नुपर्नेमा जोड « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : नेताहरूको कार्यशैली सुधार गर्नुपर्नेमा जोड


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार पार्टी कार्यालयमा बसेका कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैलीप्रति कार्यकर्ताहरू असन्तुष्ट रहेकाले नेताहरूले आफ्नो कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका हुन् । साथै उनीहरूले तोकिएको समयभित्र महाधिवेशन गर्ने सुनिश्चितता हुनुपर्ने धारणा राखेका थिए ।

शुक्रबार बैठकमा ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, दीपक गिरी, सुजाता परियार, कल्याणकुमार गुरुङ, सरिता प्रसाईँ लगायत ३० जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए भने आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्का, आमन्त्रित मन्त्रीहरू-तेजुलाल चौधरी (युवा तथा खेलकूद) र रामनाथ अधिकारी (कृषि तथा पशुपंक्षी विकास) ले आ–आफ्नो धारणा राखेको कांग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवले जानकारी दिए । 

उनले सरकारमा रहेका मन्त्रीहरूको कामकारबाहीका बारेमा छलफल भएपछि मन्त्री परिवर्तनका बारेमा भने कुनै छलफल नभएको जानकारी दिए ।  

विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेकाले कार्यसमितिको बैठक असार २२ गते बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ । 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ७ : ०० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा