मधेस प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने « Khabarhub

मधेस प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सिराहा– यहाँको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालका लागि मधेस प्रदेश सरकारले दुई वटा सिटी स्क्यान मेसिन उपलब्ध गराउने भएको छ । सो मेसिन खरिद प्रक्रिया अगाडि बढाइएको मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले जानकारी दिए ।

शुक्रबार आयोजित ‘बी एण्ड बी डेन्टल प्लस मल्टिस्पेसिलिटी क्लिनिक प्रालि’को उद्घाटन गर्दै मन्त्री सिंहले भने, ‘लामो समयदेखि यहाँका जनताको माग पुरा गर्न हामीले दुई वटा सिटी स्क्यान उपकरण खरिद प्रक्रिया अघि बढाइसकेका छौँ । अब सिटी स्क्यान गर्न विराटनगर वा जनकपुर जानुपर्ने बाध्यता हट्नेछ ।’

मन्त्री सिंहका अनुसार उक्त उपकरण खरिदका लागि १९ करोड रुपैयाँको लागतमा ठेक्का प्रक्रिया अघि बढिसकेको छ । त्यसै गरी उनले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मधेस प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ६५ करोड विनियोजन गरेको उल्लेख गर्दै निजी क्षेत्रबाट प्रदान हुने गुणस्तरीय सेवा र दक्ष चिकित्सकहरूको भूमिकाको प्रशंसा गरे । उनले सरकारी शुल्कसरह लिएर पनि उत्कृष्ट सेवा दिन सक्ने निजी संस्थाहरूसँग प्रदेश सरकार सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । 

कार्यक्रममा क्लिनिकका संरक्षक कनैयाप्रसाद गुप्ताले सरकारी अस्पतालकै दरमा दन्त तथा मुख स्वास्थ्य सेवा दिने प्रतिबद्धता जनाउँदै, क्लिनिकमा दक्ष चिकित्सक, आधुनिक उपकरण र सहज सेवा प्रवाह प्रणालीको सुनिश्चितता रहेको जानकारी गराए ।
 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ७ : १९ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग