औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति आवश्यक’ « Khabarhub

औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति आवश्यक’


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पूर्वअर्थमन्त्री तथा गभर्नर डा युवराज खतिवडाले औद्योगिक विकासलाई अघि बढाउन नीतिगत स्पष्टता, पूर्वाधार निर्माण र सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताएका छन् ।

लेखनाथ उद्योग वाणिज्य सङ्घको २९औँ स्थापना दिवस तथा २८औँ वार्षिकोत्सव समारोहका अवसरमा शुक्रबार आयोजित ‘राष्ट्रिय अर्थतन्त्र र साना तथा मझौला उद्योग व्यवसायीका चुनौती तथा समाधान’ कार्यक्रमको उद्घाटन गर्दै उनले वर्तमान परिस्थितिमा निराश हुनुपर्ने अवस्था नभएको स्पष्ट पारे ।

सङ्घका अध्यक्ष विनोद श्रेष्ठले युवा शक्ति बिदेसिने समस्याको समाधान रोजगार सृजना नै भएको बताए । लेखनाथलाई प्रदेशस्तरीय औद्योगिक क्षेत्र तथा स्थायी सभा हलको आवश्यकता रहेको उल्लेख गर्दै उनले पर्यटनको प्रचुर सम्भावना बोकेको यस क्षेत्रमा सङ्घीय सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए  ।

गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा डा इन्द्रप्रसाद तिवारीले व्यावसायिक दृष्टिकोण विकासमा नेतृत्व गरेका वर्गले साना व्यवसायीको हितमा काम गर्न सुझाव व्यक्त गरे । धार्मिक, शैक्षिक तथा पर्यटकीय सम्भावना बोकेको लेखनाथ क्षेत्रको समुचित विकास आवश्यक रहेको उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले आर्थिक मन्दीका बाबजुद पनि सङ्घका सदस्यहरू उत्पादनमा लागिरहेकामा प्रशंसा व्यक्त गरे । सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संस्थाको भौतिक संरचना र सामाजिक रूपान्तरणमा सङ्घको भूमिका स्मरण गराए  ।

उनले २०७८ सालमा स्थापना गरिएको ‘चन्द्रकृष्ण ज्येष्ठ नागरिक सेवा पुरस्कार’ यस वर्ष पोखरेली नवरत्न मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिने घोषणा गरे । पुरस्कार राशि एक लाख एक हजार रुपैयाँ रहेको छ । 
 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ७ : ४१ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो