कांग्रेस बैठकमा नेताहरूलाई सुझाव- कार्यकर्ता असन्तुष्ट छन्, कार्यशैली सुधार्नुस् « Khabarhub

कांग्रेस बैठकमा नेताहरूलाई सुझाव- कार्यकर्ता असन्तुष्ट छन्, कार्यशैली सुधार्नुस्


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार पार्टी कार्यालयमा बसेका कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैलीप्रति कार्यकर्ताहरू असन्तुष्ट रहेकाले सुधार गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरूले तोकिएको समयभित्र महाधिवेशन गर्ने सुनिश्चितता हुनुपर्ने धारणा राखे ।

शुक्रबारको बैठकमा ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, दिपक गिरी, सुजाता परियार, कल्याणकुमार गुरुङ, सरिता प्रसाई लगाएत ३० जना केन्द्रीय सदस्यहरुले धारणा राखे ।

आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्का, आमन्त्रित मन्त्रीहरू— तेजुलाल चौधरी (युवा तथा खेलकूद) र रामनाथ अधिकारी (कृषि तथा पशुपंक्षी विकास) ले आ–आफ्नो धारणा राखेको कांग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवले जानकारी दिए ।

उनले सरकारमा रहेका मन्त्रीहरूको कामकारबाहीबारे छलफल भए पनि मन्त्री परिवर्तनको कुरामा कुनै छलफल नभएको जानकारी दिए ।

विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेकाल कार्यसमितिको बैठक असार २२ गते बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ८ : ०८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र