एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा अशोक थापा « Khabarhub

एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा अशोक थापा


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको विशेष जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अशोक थापाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको हो।

थापा विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय छन् र हाल अनेरास्ववियू (एकीकृत समाजवादी)का उपाध्यक्षको जिम्मेवारी पनि सम्हाल्दै आएका छन्।

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न ५औं विद्यार्थी जिल्ला अधिवेशनले अध्यक्ष थापासहित मनोज चन्दलाई उपाध्यक्ष, हुकुम बिसीलाई सचिव र रामबहादुर मल्ललाई उपसचिव चयन गरेको हो।

नयाँ कमिटी सर्वसम्मत रुपमा निर्वाचित भएको पार्टी स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ८ : २० बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक