काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा « Khabarhub

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । उपत्यकामा मध्यम वर्षा भएको छ भने सिन्धुपाल्चोकका केही क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार आज साँझ उपत्यकाको पानीपोखरी क्षेत्र र आसपासमा पछिल्लो १२ घण्टामा १५।६ मिलीमिटर वर्षा भएको छ । बूढानीलकण्ठ, तारकेश्वर क्षेत्रमा समेत वर्षा भएको छ । उपत्यकाको अन्य क्षेत्रमा पनि वर्षा भएको उनले बताए ।

विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार साँझ काठमाडौं विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको थियो । तर अहिले वर्षा उपत्यकामा कम भएको जनाइएको छ ।

पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा ७६।४ मिलीमिटर वर्षा भएको छ । सोही जिल्लाको शेरमानथानमा ५५।६ मिलीमिटर वर्षा भएको छ । यो भारी वर्षा हो । दोलखाको जिरीमा ४४।८, सोलुखुम्बुमा ३५।६ र झापाको केचनाकवलमा ३३।४ मिलीमिटर वर्षा भएको मौसमविद् महर्जनले जानकारी दिनुभयो । यो मध्यम वर्षा हो ।

अहिले सातै प्रदेशमा बदली भएको र ती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । राति पनि आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ । केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महर्जनले बताए ।

उनका अनुसार मनसुन अवधिको आजसम्म देशभर सरदरको २१।७ प्रतिशत वर्षा भएको पनि उनले बताए । काठमाडौँ उपत्यकामा यो अवधिमा पर्ने सरदरभन्दा माथि वर्षा भएको उनले बताए ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १० : ३३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन