रुट र ब्रुकको शतक : जितका लागि इंग्ल्यान्डलाई ३५ रन, भारतलाई चार विकेट आवश्यक « Khabarhub

रुट र ब्रुकको शतक : जितका लागि इंग्ल्यान्डलाई ३५ रन, भारतलाई चार विकेट आवश्यक


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतविरुद्धको पाँचौँ तथा अन्तिम टेस्टमा इंग्ल्यान्ड जितको नजिक पुगेको छ। ओभलमा जारी टेस्टको अन्तिम दिनको खेल बाँकी रहँदा इंग्ल्यान्डलाई जितका लागि ३५ रन आवस्यक छ। भारतले जित्ने भए ३५ रन नपुग्दै चार विकेट लिनुपर्नेछ।

इंग्ल्यान्डका जेमी ओभरटन शून्य तथा जेमी स्मिथ दुई रनबाट अन्तिम दिनको खेल सुरु गर्नेछन्। ३७४ रनको लक्ष्य पाएको इंग्ल्यान्डले ६ विकेटको क्षतिमा ३३९ रन जोडेको छ।

घरेलु टोलीका लागि जोए रुटले १०५ तथा हेरी ब्रुकले १११ रन जोडे। ब्रुकले ९१ बलमा नै शतक प्रहार गरे। रुटको भने यो ३९ औँ टेस्ट शतक हो। भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिएका छन्।

तस्बिरः क्रिकइन्फो

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ६ : ३९ बजे

एमालेका सङ्गठित सदस्यलाई अध्यक्ष ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनु  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक