पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ८८ प्रतिशत | Khabarhub Khabarhub

पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ८८ प्रतिशत


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वाधार विकास कार्यालय झापाको गत आर्थिक वर्ष २०८१–८२ मा पुँजीगततर्फ एक अर्ब १५ करोड ९१ लाख तीन हजार रुपयाँ खर्च भएको छ । उक्त खर्च पुँजीगततर्फ विनियोजित रकमको ८८ प्रतिशत हो ।

पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी उत्तम नारायण खरेलका अनुुसार प्रदेश स्रोत, सङ्घ सशर्त र समपुरक गरी जम्मा एक अर्ब ३१ करोड ६४ लाख पुँजीगततर्फ विनियोजन भएको थियो । ‘चालुतर्फ विनियोजित दुई करोड ६८ लाख ८० हजारमध्ये दुई करोड २३ लाख २६ हजार अर्थात ८३ प्रतिशत रकम खर्च हुँदा समग्रमा जम्मा खर्च ८७ दशमलव ९५ प्रतिशत भएको छ’ उनले भने ।

झापा र इलाम दुई जिल्ला कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालयले गत आवमा झापामा दुई र इलाममा दुई गरी चार वटा मोटरेवल पुल निर्माण सम्पन्न गरेको सूचना अधिकारी इञ्जीनीयर खरेलले जानकारी दिए ।

यसैगरी गत आवमा १० दशकलव २१ किलोमिटर सडक कालोपत्र, ३५ दशमलव ६६ किमि सडक ग्रावेल, तीन किमि सडक मर्मत, २७ दशमलव ७६ किमि कच्ची सडक, पाँच दशमलव ७५ किमि सडक सोलिङ्ग, एक दशमलव ८५ किमि सडक ढलान गर्ने काम सम्पन्न भएको उनको भनाइ छ ।

झापा जिल्लामा दुई बहुवर्षीय सडकको २७ दशमलव ८५ किलोमिटर निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय झापाले जनाएको छ । (रासस)

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  १० : ०६ बजे

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

तनहुँ – जिल्ला निर्वाचन कार्यालय तनहुँ आगामी फागुन २१ गते

प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाउँदै जेन्जी मुभमेन्टले घोषणा गर्‍यो संघर्षको कार्यक्रम

काठमाडौँ- जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक