पर्यटकीय गन्तव्य बन्दै शान्तिधाम « Khabarhub

पर्यटकीय गन्तव्य बन्दै शान्तिधाम


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  काठमाडौंको उत्तरी क्षेत्र तारकेश्वरको शान्तिधाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । शान्तिधाम तथा त्यसभित्र रहेको सिसामहलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।

विसं २०६८ मा तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा चारधाम मन्दिर निर्माण गर्ने उद्देश्यले ‘शान्तिधाम’ दर्तापछि उक्त परिसरमा बद्रीनारायण  मन्दिर र सिसामहल निर्माण गरिएको थियो । 

विसं २०७३ को निर्जला एकादशीमा शिलान्यास भई २०७५ रामनवमीमा निर्माण सम्पन्न भएको बद्रीनारायण मन्दिर दर्शन गर्न दैनिक सयौँ पर्यटक तथा दर्शनार्थी यहाँ घुम्न आउने गरेका छन् । बिदाको समयमा भने यहाँ सर्वसाधारण मन्दिरको दर्शन गर्न सिसामहलको अवलोकन गर्न आउँछन् ।

बिहान र बेलुका मात्र खुल्ने उक्त मन्दिर मध्याह्न १२ बजेदेखि ३ बजेसम्म बन्द रहन्छ । शनिबार भने बिहानदेखि बेलुकासम्म नै मन्दिर खुला रहने बृहत् शान्तिधाम नेपालका संस्थापक मठाधीश चतुर्भुजाचार्य चुडामणिजी महाराजले जानकारी दिए । पन्ध्र करोडको लागतमा निर्माण भएको बद्रीनारायण मन्दिर द्राविड शिखर शैलीमा बनाइएको छ । मन्दिर कलात्मक र सुन्दर छ । 

‘हजारौँ नेपाली अर्बौँ रकम खर्च गरेर छिमेकी मुलुक भारतका विभिन्न मठमन्दिर तथा धाम घुम्न जाने गरेका छन्, भारतमा रहेका धाम नेपालमै दर्शनको व्यवस्था मिलाउन बृहत् शान्तिधाम नेपाल स्थापना गरी मठमन्दिर र धाम निर्माण गर्न लागेका छौँ’, उनले भने ।

शान्तिधामभित्र बद्रीनारायाण धाम निर्माण भए पनि रामेश्वरम् धाम भने निर्माण भइरहेको छ । उक्त धाम पनि चाँडो निर्माण सम्पन्न गरेर प्राण प्रतिष्ठा गरिने मठाधीशले बताए । द्वारिकाधीश धाम र जगन्नाथ धाम निर्माण गर्ने योजना रहेको उनको  भनाइ छ । 

कूल एक सय रोपनी क्षेत्रफलमा फैलिएको शान्तिधाम परिसरभित्र आयुर्वेद अस्पताल, वृद्धाश्रम, अनाथालय, गौशाला, गुरुआश्रम, धर्मशाला, अतिथि निवास र क्रियापुत्री भवन निर्माण गर्ने लक्ष्य छ । नेपालमा पहिलो पटक एकै स्थानमा चारधाम मन्दिर, गौशाला, वृद्धाश्रम, अनाथालय, बाचनलय, भोजनालय, साङ्गीतिक हल साथै सुन्दर मुक्ति सरोवर निर्माण गरिएको शान्तिधाममा विशेष अक्षय तृतीयाका दिनमा ठूलो मेला लाग्छ । त्यसबाहेक कृष्ण जन्माष्टमी र एकादशीमा पनि मेला लाग्छ ।

शान्तिधाममा दैनिक एक सय भक्तजनलाई आवास तथा भोजनको व्यवस्था गर्ने उद्देश्य भए पनि आर्थिक अभावले समस्या भइरहेको छ ।यहाँ दुई वर्ष अघि सिसामहल निर्माण गरिएको हो । सिसामहलबाट हाल मासिक पाँच लाख रुपैयाँ देखि १० लाख रुपैयाँसम्म आम्दानी भइरहेको मठाधीसले बताए  । 

शान्तिधाम परिसरमा बन्न लागेका संरचनाका लागि तारकेश्वर नगरपालिकाले  आर्थिक सहयोग गर्दै आएको उपप्रमुख सिर्जना बुर्लाकोटीले बताइन्  ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  १ : ४७ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख