महेशपुर मूल भन्सारको सडक निर्माण गर्न म्याद थप « Khabarhub

महेशपुर मूल भन्सारको सडक निर्माण गर्न म्याद थप


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– भारतसँग जोडिएको महेशपुर मूल भन्सारको सडक निर्माणका लागि दोस्रो पटक म्याद थपिएको छ । 

बर्दघाट सुस्ता पश्चिम नवलपरासी महेशपुरदेखि हरपुरसम्म एक किलोमिटर र सुनवल बजारमा पाँच सय मिटर सडक निर्माण गर्न २०८० वैशाखमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बुटवल र गौरीशङ्कर हिमालयन कन्ट्रक्सन कम्पनीबीच सम्झौता भएको थियो । हालसम्म ४० प्रतिशत काम भएको डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्रले बताए।

स्थानीयको भौतिक संरचना, बिजुलीको खम्बा सार्नुपर्नेलगायत कामका कारण ठेकेदारले समयमै काम सम्पन्न गर्न नसकेको प्रमुख मिश्रको भनाइ छ । महेशपुर सडकको काम सम्पन्न गर्न दोस्रो पटक (अन्तिम) म्याद थप गरिएको सडक डिभिजन कार्यालयका इञ्जिनियर सुशील पौडेलले बताए। थपिएको म्यादसम्म सडकको काम सम्पन्न नगरेपछि ठेकेदारलाई कानुन बमोजिम कारबाही गरिने उनको भनाइ छ ।

बिजुलीको खम्बालगायत संरचना सार्नुपर्ने भएकाले समयमा काम समपन्न गर्न नसकिएको गौरीशङ्कर हिमालयन कन्ट्रक्सन कम्पनीका सञ्चालक मणिराम लामाले बताए । आगामी कात्तिक महिनासम्म काम सम्पन्न गर्ने गरी निर्माण भइरहेको उनले बताए। 

निर्माण व्यवसायीले सडकको काम समयमा नगरेपछि यति बेला वर्षा भएपछि भारतबाट आउने मालवाहक सवारी तथा यात्रुलाई हिलोमा आवतजावत गर्न समस्या भइरहेको पाल्हीनन्दन गाउँपालिका–२ का वडाध्यक्ष जगदीश गुप्ताले बताए। 

उनका अनुसार जिल्लाको पाल्हीनन्दन गाउँपालिका–१ महेशपुरदेखि भक्सीपुरसम्म ढल निकाससहित सडक निर्माणका लागि गौरीशङ्कर हिमालयन कन्ट्रक्सन कम्पनीले ठेक्का लिएको हो । 
 

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  २ : १३ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी