पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ८८ प्रतिशत
पूर्वाधार विकास कार्यालय झापाको गत आर्थिक वर्ष २०८१–८२ मा पुँजीगततर्फ एक अर्ब १५ करोड ९१ लाख तीन हजार रुपयाँ खर्च भएको छ । उक्त खर्च पुँजीगततर्फ विनियोजित रकमको ८८ प्रतिशत हो ।
पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी उत्तम नारायण खरेलका अनुुसार प्रदेश स्रोत, सङ्घ सशर्त र समपुरक गरी जम्मा एक अर्ब ३१ करोड ६४ लाख पुँजीगततर्फ विनियोजन भएको थियो ।
‘चालुतर्फ विनियोजित दुई करोड ६८ लाख ८० हजारमध्ये दुई करोड २३ लाख २६ हजार अर्थात ८३ प्रतिशत रकम खर्च हुँदा समग्रमा जम्मा खर्च ८७ दशमलव ९५ प्रतिशत भएको छ’ उनले भने ।

झापा र इलाम दुई जिल्ला कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालयले गत आवमा झापामा दुई र इलाममा दुई गरी चार वटा मोटरेवल पुल निर्माण सम्पन्न गरेको सूचना अधिकारी इञ्जीनीयर खरेलले जानकारी दिए ।
यसैगरी गत आवमा १० दशकलव २१ किलोमिटर सडक कालोपत्र, ३५ दशमलव ६६ किमि सडक ग्रावेल, तीन किमि सडक मर्मत, २७ दशमलव ७६ किमि कच्ची सडक, पाँच दशमलव ७५ किमि सडक सोलिङ्ग, एक दशमलव ८५ किमि सडक ढलान गर्ने काम सम्पन्न भएको उनको भनाइ छ ।
जिरीका आलु सस्ता, किसान मर्कामा
पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ८८ प्रतिशत
मध्यकालीगण्डकी जलविद्युत आयोजना निर्माण सुरु
नेप्से परिसूचकमा दोहोरो अंकको सुधार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज १६ दशमलव ४६ अंकले बढेर दुई हजार ८७५ दशमलव ३६ को बिन्दुमा कायम भएको हो । यो शून्य दशमलव ५७ प्रतिशतको सुधार हो ।
आज ३२५ कम्पनीको दुई करोड ७१ लाख ६९ हजार ७५५ कित्ता शेयर एक लाख ४९ हजार २७४ पटक खरिदबिक्री हुँदा १० अर्ब ८२ करोड २४ लाख ४९ हजार ४०२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ एक दशमलव ६६, जलविद्युत् शून्य दशमलव २५, लगानी शून्य दशमलव ११, जीवन बिमा शून्य दशमलव ५०, लघुवित्त शून्य दशमलव ५०, म्युचुअल फन्ड शून्य दशमलव ०८ र व्यापार दुई दशमलव ८९ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ०६, वित्त शून्य दशमलव ८२, होटल तथा पर्यटन शून्य दशमलव ३४, उत्पादन तथा प्रशोधन शून्य दशमलव १२, निर्जीवन बिमा शून्य दशमलव ५१ र अन्य समूह शून्य दशमलव ४५ प्रतिशतले घटेको छ ।
पहिरोले बुटवल–नारायणगढ सडक अवरुद्ध
महेशपुर मूल भन्सारको सडक निर्माण गर्न म्याद थप
दोधारा चाँदनी सुक्खा बन्दरगाह : पूरा हुँदै डेढ दशकदेखिको सपना
डेढ दशकअघि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने हल्ला सुनेका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय उत्तर भट्टलाई अहिले सपनाजस्तै लाग्छ ।
महेन्द्रनगर आवतजावत गर्न समेत भारतको बाटो प्रयोग गर्नुपर्ने उनलाई महाकाली नदीमा पुल बन्ला र सुक्खा बन्दरगाह निर्माण होला भन्ने कल्पना समेत गरेका थिएनन् ।

‘महाकालीमा किस्तीबाट महेन्द्रनगर जानुपथ्र्यो कोही बिरामी भए पनि उपचारमा समस्या हुन्थ्यो, एम्बुलेन्स आउने बाटो थिएन ।’ भट्टले भने,’अहिले घरै अगाडि छ लेनको पक्की सडक पुगेको छ नजिकै सुक्खा बन्दरगाह निर्माण सुरु भएको छ मलाई त सपनाजस्तै लाग्छ ।’
विसं २०२२ देखि यहाँ बस्दै आएका उनले विगतमा अनेक दुःख खेपेको बताउँदै अहिले महाकाली नदीमा पक्की पुल र सडक बनेपछि दोधारा चाँदनीको मुहार फेरिएको बताए।
‘महेन्द्रनगर जान भारतको बाटो भएर जानुपथ्र्यो भारतीय सुरक्षाकर्मीले अनेक बहानामा दुःख दिन्थे,’ उनले भने, ‘नेताहरूले सुक्खा बन्दरगाह बन्ने आश्वासन दिएको दशक बढी भएपछि हामीलाई यसरी विकास होला भन्ने लागेको थिएन ।’
पर्यटकीय गन्तव्य बन्दै शान्तिधाम
झापाका ठूला सहकारीमा पर्याप्त तरलता, सानामा छैन
एक वर्षमा पौने तीन लाख नेपाली भिजिट भिसामा बाहिरिए
१७०० करोड भारुमा बन्दै छ कोसी नदीमा १० किलोमिटर लामो पुल, दुर्घटनाको पुरानो भिडिओ भाइरल
पूर्वपश्चिम राजमार्गअन्तर्गत रहेको कोशी ब्यारेजको विकल्प खोज्नेबारे लामो समयदेखि बहस चलिरहेको छ । तर, भारत सरकारले बिहारको सुपौल र मधुबनी जोड्ने १०.२ किलोमिटरको पक्की पुलको निर्माण गरिरहेको छ । यो पुल डिसेम्बर २०२५ सम्ममा सञ्चालनमा आउने गरी काम सुरु भएको थियो ।
कोलकाताको ‘जोसेफ एन्ड कम्पनी लिमिटेडले सन् १९६२ मा निर्माण सम्पन्न गरेको कोशी ब्यारेजको आयु ५० वर्ष तोकिएको थियो तर पुलको आयु ६३ वर्ष पुगिसकेको छ । कोशी ब्यारेजको निर्धारित आयु समाप्त भइसकेको छ । कोशी नदीको बहावले ब्यारेजमा क्षति पुग्न सक्ने अनुमान गरिएको छ ।

सडक विभागले कोशीको विकल्पमा नयाँ पुल र सडक निर्माणका लागि अध्ययन र डिजाइन सम्पन्न गरेको बताइए पनि काम सुरु हुने छाँटकाँट छैन । यसै सन्दर्भमा भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले एउटा भिडिओ भाइरल गराएका छन् । उक्त भिडिओ यही कोसी नदीमा निर्माणाधीन पुलको हो ।
भारतको बिहारस्थित कोसी नदीमा १२०० करोड रुपैयाँको लागतमा निर्माणाधीन पुल भर्खरै भत्किएको दाबी गरिएको एउटा भिडिओ भाइरल भयो । उक्त भिडिओमा कामदारहरू फसेर घाइते भएको देखाइएको छ ।
सामाजिक सञ्जालमा पुललाई जीर्ण अवस्थामा देखाइएको छ । दृश्यमा बिहारको सुपौल जिल्लामा निर्माणाधीन पुल भत्किएको दाबी गरिएको छ ।
प्रतिक्रिया