कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते « Khabarhub

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कक्षा १२ को ग्रेड वृद्धि परक्षा आगामी भदौ २८ र २९ गते गरिने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गरेपछि ननग्रेड ३८.८३ प्रतिशत विद्यार्थीका लागि भदौ २८ र २९ गते उक्त परीक्षा सञ्चालन गरिने भएको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले उक्त पूरक परीक्षा (ग्रेड वृद्धि) मा अहिले ननग्रेडेडमा परेकाहरू सामेल हुनेछन् ।

यस पटक सबैभन्दा धेरै ६६ हजार २७५ जनाले अंग्रेजी विषयमा ननग्रेड ल्याएका शर्माले बताएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअुनसार कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् ।

यसअघि यस वर्षको कक्षा १२ को परीक्षा गत वैशाख २१ गतेदेखि भएको थियो।

यो परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र सहभागी थिए । त्यस्तै एक लाख ९७ हजार १३ छात्राले पनि परीक्षा दिएका थिए । तीन लाख ९५ हजार ९०८ ले परीक्षा दिएकोमा गत वर्षभन्दा यस पटक ९ प्रतिशत धेरै पास भएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ६ : ५३ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले