दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालतको आदेश « Khabarhub

दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालतको आदेश


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उच्च अदालत पाटनले बीएन्डसी मेडिकल कलेजका मालिक एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले यसअघि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरि भएको राजावादीको प्रदर्शनका मुख्य नाइकेका रुपमा रहेका प्रसाईंलाई तीन लाख धरौटीमा छाड्न भनेको हो ।

प्रसाईंविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् राज्यविरुद्धको कसुरसहित विभिन्न पाँच मुद्दा दायर गरेको थियो ।

२०८१ चैत २६ गते भारतको असमबाट पक्राउ परेका प्रसाईंलाई गत जेठ ३० गते जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले थुनामा पठाउने आदेश दिएसँगै उनी डिल्ली बजार जेलमा थिए । उक्त घटनामा सरकारी वकिलको कार्यालयले ५० जनाविरुद्ध राज्यविरुद्धसमेतको कसुरमा जिल्ला अदालतमा अभियोजन गरेको थियो । त्यसमध्ये प्रसाईंसहित ३९ जना प्रहरी हिरासतमा थिए ।

प्रसाईंविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ७ : ०१ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ