अस्ट्रेलिया भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा « Khabarhub

अस्ट्रेलिया भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टप एन्ड टी–२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। उक्त सिरिज आगामी अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुँदैछ ।

१६ सदस्यीय टोलीमा यसपटक कुशल मल्लले पुनरागमन गरेका छन्। उनी पछिल्लो स्टकल्याण्ड टुरमा टोलीबाहिर थिए।

कप्तान रोहित पौडेल नेतृत्वको टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित राजवंशी रहेका छन्।

यसपटकको प्रतियोगितामा नेपालसहित ११ टोली छन्। नेपालले पहिलो खेल १५ अगस्टमा एनटी स्ट्राइक, त्यसपछि क्रमश बंगलादेश ए, मेलबर्न स्टार्स, होबार्ट हुरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

लिग चरणपछि शीर्ष ४ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपालले फाइनलसम्म पुग्न सके ८ खेल खेल्नेछ। यसपटकको सिरिज आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट र सेप्टेम्बरमा वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० शृंखलाको तयारीको रूपमा हेरिएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ८ : ३९ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको