अस्ट्रेलिया भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा « Khabarhub

अस्ट्रेलिया भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टप एन्ड टी–२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। उक्त सिरिज आगामी अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुँदैछ ।

१६ सदस्यीय टोलीमा यसपटक कुशल मल्लले पुनरागमन गरेका छन्। उनी पछिल्लो स्टकल्याण्ड टुरमा टोलीबाहिर थिए।

कप्तान रोहित पौडेल नेतृत्वको टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित राजवंशी रहेका छन्।

यसपटकको प्रतियोगितामा नेपालसहित ११ टोली छन्। नेपालले पहिलो खेल १५ अगस्टमा एनटी स्ट्राइक, त्यसपछि क्रमश बंगलादेश ए, मेलबर्न स्टार्स, होबार्ट हुरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

लिग चरणपछि शीर्ष ४ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपालले फाइनलसम्म पुग्न सके ८ खेल खेल्नेछ। यसपटकको सिरिज आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट र सेप्टेम्बरमा वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० शृंखलाको तयारीको रूपमा हेरिएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ८ : ३९ बजे

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा