दुर्गा प्रसाईंलाई स्वागत गर्न डिल्लीबजार पुगे कांग्रेस सांसद सुनील शर्मा « Khabarhub

दुर्गा प्रसाईंलाई स्वागत गर्न डिल्लीबजार पुगे कांग्रेस सांसद सुनील शर्मा


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएसँगै व्यवसायी एवम् राजावादी अभियान्ता दुर्गा प्रसाईंलाई स्वागत गर्न नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा डिल्लीबजार कारागार पुगेका छन्।

अदालतले दिएको आदेशअनुसार धरौटी रकम बुझाएर प्रक्रिया पूरा गरेपछि प्रसाईं रिहा हुने तयारीमा छन्। उनलाई स्वागत गर्न शर्मा स्वयं कारागार परिसर पुगेका हुन्।

उच्च अदालत पाटनका दुई इजलासले दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए। न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले २५ लाख रुपैयाँ धरौटी तोकेको थियो भने राजावादी आन्दोलनसम्बन्धी मुद्दामा न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले थप ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

कूल २८ लाख रुपैयाँ धरौटी बुझाएर प्रसाईं सोमबार साँझ रिहा भएका हुन् ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ९ : ५५ बजे

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये