पछिल्लो २४ घण्टामा रौतहटमा सबैभन्दा बढी वर्षा « Khabarhub

पछिल्लो २४ घण्टामा रौतहटमा सबैभन्दा बढी वर्षा


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार रौतहटमा उक्त अवधिमा १५९ मिलिमिटर वर्षा भएको हो ।

त्यसपछि नवलपरासी पूर्व र नवलपरासी पश्चिममा समान १०३.६ मिलिमिटर वर्षा भएको छ । रुपन्देहीको तिलोत्तमामा १०७.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । यता अर्घाखाँचीमा पनि १०४.२ मिलिमिटर वर्षा भएको विभागले जानकारी दिएको छ ।

त्यसैगरी दाङ, चितवन, काठमाडौँ, धनुषा, सिरहा, खोटाङ, मकवानपुर, बारा, पर्सा, झापा, सिन्धुपाल्चोक, तनहुँ, पाल्पा, गुल्मी, पर्वत, कञ्चनपुर, डडेलधुरा, सिन्धुलीका केही केन्द्रमा भारी वर्षा मापन भएको छ । पछिल्लो एक घण्टामा बैतडी, डोटी, लमजुङ, चितवनमा मध्याम वर्षा भएको छ भने अन्य धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।

मौसमविद् रोजन लामिछानेले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको बताए ।

अहिले देशभर बदली छ । कोशी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी भू–भागका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

उनका अनुसार आगामी २४ घण्टामा बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन सक्रिय रहिरहने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  १० : ४० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने