बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन « Khabarhub

बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


१९ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेकोमा आवेदन दिने बिहीबार अन्तिम दिन हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको थियो । दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

हाइड्रोले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता सेयर निष्काशन गरेकाे छ ।

जसमा ८ लाख ३० हजार ८२४ कित्ता साधारण सेयर आयोजना प्रभावितलाई र २ लाख ७ हजार ५०० कित्ता सेयर विदेशमा भएकाका लागि निष्काशन गरेकाे हाे ।

यस्तै एक लाख एक हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषलाई र ६२ हजार २५० कित्ता सेयर कर्मचारीलाई वितरण गरिएकाे छ ।

त्यो सबै बाँडफाँड भएपश्चात सर्वसाधारण लगानीकर्ताका लागि १७ करोड एक लाख ५० हजार रुपैयाँ बराबरको १७ लाख एक हजार ५०० कित्ता साधारण सेयर निष्काशन भएकाे हाे । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले सेयर निष्काशन गरेको छ ।

न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  १० : १८ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६