कांग्रेसले रामहरिलाई सुनुवाइ समिति सभापतिको उम्मेदवार बनाउने  « Khabarhub

कांग्रेसले रामहरिलाई सुनुवाइ समिति सभापतिको उम्मेदवार बनाउने 


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिबाट राजीनामा दिएका रामहरि खतिवडालाई संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिका लागि उम्मेदवार बनाउने भएको छ । 

कांग्रेसकै सांसद ईश्वरी न्यौपानेले राज्यव्यवस्था समितिको सभापति बन्न भदौ १० गते राजीनामा दिएपछि रिक्त रहेको सभापतिका लागि कांग्रेसले खतिवडालाई उम्मेदवार बनाउने भएको हो । 

सुनुवाइ समितिको सभापति चयनका लागि शुक्रबार निर्वाचन तय गरिएको छ । निर्वाचनका लागि बिहीबार दिउँसो २ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यसूची छ । 

सांसद खतिवडाले संसदीय सुनुवाइ समितिको सभापतिका रूपमा आफूलाई उम्मेदवार बनाउने हल्ला सुनेको प्रतिक्रिया दिएका छन् । ‘हल्ला आएको छ, पार्टीले दिने जिम्मेवारी लिन तयार छु,’ उनले खबरहबसँग भने ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १२ : ३९ बजे

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको