पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु « Khabarhub

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडागाउँको रावलवाडा भन्ने स्थानमा त्रिपालको गोठमा सुतिरहेका अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर करिब ३३ वर्षीय मनरूप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पदम रावलले जानकारी दिए । 

राति करिब ९ः४५ बजे ढुङ्गा लागेर घाइते भएका उनलाई लिखु स्वास्थ्य चौकीमा उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको उनले बताए। 

प्रहरी निरीक्षक रावलका अनुसार सोही स्थानमा ढुङ्गा लागेर ३८ वर्षीय चन्द्ररूप केसी सामान्य घाइते भएका छन् । ढाडमा चोट लागेका उनी सामान्य उपचारपछि घर फर्केका छन् । 

घटनास्थल डोल्पा सदरमुकाम दुनैबाट चार घण्टा टाढा भएकाले मनरूपको मृत्युको खबर आज बिहान मात्रै थाहा भएको जनाउँदै उनले चन्द्ररूपलाई प्रहरीले उद्धार गरिसकेको बताए । 
 

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ४ : ३८ बजे

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको