भारतीय मिडियाको दाबी : ओलीको भारत भ्रमण नहुने सम्भावना छ « Khabarhub

भारतीय मिडियाको दाबी : ओलीको भारत भ्रमण नहुने सम्भावना छ


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण नहुने सम्भावना रहेको भारतको एउटा सञ्चार माध्यमले दाबी गरेको छ । भारतको द प्रिन्ट अनलाइनले स्रोतको हवाला दिँदै ओलीको भारत भ्रमण नहुने जनाएको हो ।

समाचारमा ओलीको १५ सेप्टेम्बरमा हुने भनिएको भारत भ्रमण नहुने सम्भावना रहेको दाबी गरिएको छ । यसै साता मोदी र ओलीबीच चीनको थियान्चिनमा साङ्घाई सहयोग संगठन एससीओको सम्मेलनको साइडलाइनमा संक्षिप्त भेट भएको थियो ।

पछिल्लो समय चीन र भारतले लिपुलेकको प्रयोगबारे एकपक्षीय सम्झौता गरेको विषयमा नेपालमा विरोध भइरहेका बेला नयाँ दिल्ली रुष्ट बनेको समाचारमा उल्लेख छ । यसअघि ओलीले गत शनिबार चिनियाँ राष्ट्रपति सी जिन्पिङसमक्ष यसबारे कुरा राखेका थिए ।

भारत अधिनस्थ लिपुलेकमा नेपालको दाबीलाई नयाँ दिल्लीले अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १२ : ५८ बजे

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा