झुम्का कारागारमा भाइरलको प्रकोप, तीन कैदीको ज्यान गयो « Khabarhub

झुम्का कारागारमा भाइरलको प्रकोप, तीन कैदीको ज्यान गयो


१९ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

विराटनगर- सुनसरीको झुम्कास्थित कारागारमा भाइरल ज्वरो फैलिँदा सयौँ कैदीबन्दी बिरामी भएका छन् ।

उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षणसहितको बिरामीले तीन जनाको मृत्यु भइसकेको छ ।

बुधबार मात्रै जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सप्तरीको राजविराज नगरापालिका-८ का ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको छ । यससँगै भाइरलबाट मृत्यु हुनेको संख्या तीन पुगेको कारागार प्रशासनले जनाएको छ ।

बुधबार दिउँसो स्वास्थ्यमा समस्या आएर बेहोस भएपछि यादवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारका क्रममा उनको त्यहीँ मृत्यु भएको हो ।

सोमबार सुनसरीको गढी गाउँपालिका-६ का ४८ वर्षीय रामदेव उराँव र धरान १० का २४ वर्षीय सागर राईको मृत्यु भएको थियो ।

उराँव कर्तव्य ज्यान मुद्दामा २५ वर्षको सजाय भोगिरहेका कैदी थिए । राई लागुऔषध कारोबारको मुद्दामा थुनामा थिए ।

शनिबार राति श्वासप्रश्वास बिग्रिएपछि उराँवलाई बीपी प्रतिष्ठान लगिएको थियो । राईलाई बान्ता हुने र शरीर नचल्ने समस्यापछि अस्पताल लगिएको थियो । तर दुवै जनाले अस्पतालमै ज्यान गुमाए ।

तीनजना कैदीको मृत्यु भएपछि जिल्ला सुरक्षा समितिले कारागारमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बुधबार रातिदेखि जारी शिविरमा दुवै ब्लकका कैदीको स्वास्थ्य परीक्षण भइरहेको सुनसरीका एसपी सुमन तिमल्सिनाले बताए । उनका अनुसार बिहीबार बिहानसम्म ५५३ कैदीको स्वास्थ्य परीक्षण भएको छ ।

उच्च ज्वरो देखिएका १९ जनालाई उपचारका लागि बीपी प्रतिष्ठान लगिएको छ । कारागार प्रशासनले सुरुमा ६ जनालाई उपचारका लागि पठाएको थियो । स्वास्थ्यकर्मीले बुधबार राति थप १३ जनालाई प्रतिष्ठान पठाएको हो ।

जिल्ला अस्पताल इनरुवा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेर कारागारभित्र स्वास्थ्य चेकजाँच भइरहेको प्रशासनले जनाएको छ ।

चिकित्सकको टोली भाइरल ज्वरोको प्रकोप फैलिएको निष्कर्ष निकालेको छ। झुम्का कारागारमा कोशीसहितबाट ल्याइएका एक हजार ७९४ जना कैदीबन्दी छन्।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ३ : २७ बजे

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक