झुम्का कारागारमा भाइरलको प्रकोप, तीन कैदीको ज्यान गयो « Khabarhub

झुम्का कारागारमा भाइरलको प्रकोप, तीन कैदीको ज्यान गयो


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

विराटनगर- सुनसरीको झुम्कास्थित कारागारमा भाइरल ज्वरो फैलिँदा सयौँ कैदीबन्दी बिरामी भएका छन् ।

उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षणसहितको बिरामीले तीन जनाको मृत्यु भइसकेको छ ।

बुधबार मात्रै जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सप्तरीको राजविराज नगरापालिका-८ का ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको छ । यससँगै भाइरलबाट मृत्यु हुनेको संख्या तीन पुगेको कारागार प्रशासनले जनाएको छ ।

बुधबार दिउँसो स्वास्थ्यमा समस्या आएर बेहोस भएपछि यादवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारका क्रममा उनको त्यहीँ मृत्यु भएको हो ।

सोमबार सुनसरीको गढी गाउँपालिका-६ का ४८ वर्षीय रामदेव उराँव र धरान १० का २४ वर्षीय सागर राईको मृत्यु भएको थियो ।

उराँव कर्तव्य ज्यान मुद्दामा २५ वर्षको सजाय भोगिरहेका कैदी थिए । राई लागुऔषध कारोबारको मुद्दामा थुनामा थिए ।

शनिबार राति श्वासप्रश्वास बिग्रिएपछि उराँवलाई बीपी प्रतिष्ठान लगिएको थियो । राईलाई बान्ता हुने र शरीर नचल्ने समस्यापछि अस्पताल लगिएको थियो । तर दुवै जनाले अस्पतालमै ज्यान गुमाए ।

तीनजना कैदीको मृत्यु भएपछि जिल्ला सुरक्षा समितिले कारागारमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बुधबार रातिदेखि जारी शिविरमा दुवै ब्लकका कैदीको स्वास्थ्य परीक्षण भइरहेको सुनसरीका एसपी सुमन तिमल्सिनाले बताए । उनका अनुसार बिहीबार बिहानसम्म ५५३ कैदीको स्वास्थ्य परीक्षण भएको छ ।

उच्च ज्वरो देखिएका १९ जनालाई उपचारका लागि बीपी प्रतिष्ठान लगिएको छ । कारागार प्रशासनले सुरुमा ६ जनालाई उपचारका लागि पठाएको थियो । स्वास्थ्यकर्मीले बुधबार राति थप १३ जनालाई प्रतिष्ठान पठाएको हो ।

जिल्ला अस्पताल इनरुवा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेर कारागारभित्र स्वास्थ्य चेकजाँच भइरहेको प्रशासनले जनाएको छ ।

चिकित्सकको टोली भाइरल ज्वरोको प्रकोप फैलिएको निष्कर्ष निकालेको छ। झुम्का कारागारमा कोशीसहितबाट ल्याइएका एक हजार ७९४ जना कैदीबन्दी छन्।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ३ : २७ बजे

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा

‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने