गगनको प्रतिक्रिया- सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो « Khabarhub

गगनको प्रतिक्रिया- सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत भएको भन्दै पुनर्विचार गर्न सरकारललाई आग्रह गरेका छन्।

थापाले मंगलबार सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै सर्वोच्च अदालतले निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने नभई कानुनी व्यवस्था बनाउन भनेको जिकिर गरेका छन् । ‘सरकार उल्टो बाटो हिँडेको छ, यसलाई पुनर्विचार गरिनुपर्छ’, उनले भने ।

महामन्त्री थापाले सामाजिक सञ्जाल नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्ने, सार्वजनिक बहसमा सहभागी हुने र सरकारलाई जवाफदेही बनाउन महत्त्वपूर्ण माध्यम भएको भन्दै यसलाई बन्द गर्नु लोकतान्त्रिक मूल्यविपरीत रहेको टिप्पणी गरे।

‘सञ्जाल सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र र आम मानिसको दैनिकीसँग जोडिएको छ। यसमा प्रतिबन्ध लगाउँदा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक संकुचित हुन्छ,’ थापाले भने।

उनले सामाजिक सञ्जालमा दुरुपयोग रोक्न र सुरक्षित बनाउनका लागि आवश्यक कानुन तत्काल निर्माणमा तदारुकता देखाउन सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ५ : ५९ बजे

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका