‘थाइल्याण्डका शाही अधिकारीद्वारा संसद् विघटनको प्रस्ताव अस्वीकार’  « Khabarhub

‘थाइल्याण्डका शाही अधिकारीद्वारा संसद् विघटनको प्रस्ताव अस्वीकार’ 


१९ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– थाइल्याण्डका शाही अधिकारीहरूले संसद् विघटन गर्न सत्तारुढ दलले गरेको अनुरोधलाई अस्वीकार गरेका छन् । अधिकारीहरूले प्रधानमन्त्रीका लागि आफ्नो उत्तराधिकारी चयन गर्न सक्ने मतदानका लागि मार्ग प्रशस्त गरेको बिहीबार बताएका छन् ।

थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्रालाई नैतिकता उल्लङ्घन गरेको आरोपमा बर्खास्त गरेपछि गत शुक्रबारदेखि थाइल्याण्डको शीर्ष पदमा शक्ति शून्यता देखिएको छ।

विपक्षी सांसदहरूको गठबन्धनले कन्जरभेटिभ कन्स्ट्रक्सन म्याग्नेट अनुटिन चार्नभिरकुललाई शीर्ष पदको लागि समर्थन गरेको छ। यसका लागि स्थानीय समयानुसार शुक्रबार बिहान १० बजेका लागि मतदान तोकिएको थियो।

पेटोङ्टार्नको फेउ थाई पार्टीले संसद् विघटन गर्ने र मतदान रोक्ने प्रयासमा आफ्नो अनुरोध दरबारमा पेश गरेको थियो।

कार्यवाहक प्रधानमन्त्री फुम्थाम विचायाचाईले आफ्नो फेसबुक पेजमा भनेका छन्, ‘विवादित कानुनी मुद्दाहरूका कारण यो समयमा थाई नरेश समक्ष शाही आदेशको मस्यौदा प्रस्तुत गर्नु अनुपयुक्त रहेको राजपरिषद् सभा (प्रिभी काउन्सिल) को कार्यालयले उहाँलाई सूचित गरेको छ । 

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ७ : १८ बजे

एनपिएलको प्रभाव : पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न विश्व क्रिकेटका चर्चित खेलाडीहरू

एनपीएलमा पोखराले टस जित्यो, काठमाडौंले सुरुमा ब्याटिङ गर्दै

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको खेलमा काठमाडौं गोर्खाजविरुद्ध

पाथीभरा दर्शनार्थीको चाप बढ्दै, केबलकार निर्माण छिटो सक्न माग

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवीको दर्शनका लागि पुग्ने

राज्यमा विवेकहीन र निरंकुश प्रवृत्ति हाबी भयो : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला

काठमाडौँ– यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा आज