कपिलवस्तुमा बस दुर्घटना हुँदा २२ जना घाइते « Khabarhub

कपिलवस्तुमा बस दुर्घटना हुँदा २२ जना घाइते


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार धनगढीबाट काठमाडौं जाँदै गरेको ना १ ख ५७०३ नम्बरको बस आज बिहान करिब ६ बजेतिर कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

बसमा सवार ४० मध्ये २२ जना घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ९ : ३९ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा