काभ्रेमा वर्षाले जोखिम बढेपछि सतर्क रहन सुरक्षा निकायबाट ‘माइकिङ’ « Khabarhub

काभ्रेमा वर्षाले जोखिम बढेपछि सतर्क रहन सुरक्षा निकायबाट ‘माइकिङ’


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काभ्रे– लगातारको वर्षा पछि बढ्दो बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण हेडक्वार्टर नेपालले काभ्रेका विभिन्न क्षेत्रमा ‘माइकिङ’ गर्दै स्थानीयवासीलाई सतर्क रहन अपिल गरेको छ ।

सशस्त्र प्रहरीले बनेपा, पनौती, घुलिखेल, पाँचखाल, दोलालघाट, भकुण्डे लगायतका ठाउँमा ‘माइकिङ’ गरेका हो ।

प्रहरीले गाउँ–टोलमा गएर नदी किनार, खोला तथा भिरालो क्षेत्र नजिक बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

साथै, आकस्मिक जोखिमका अवस्थामा तुरुन्तै नजिकको प्रहरी, शसस्त्र प्रहरी वा विपद् व्यवस्थापन समितिलाई जानकारी दिन समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १० : १८ बजे

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा