आइतबारसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह | Khabarhub Khabarhub

आइतबारसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँग गरेको छलफलमा विभागका महानिर्देशक कमलराम जोशीले अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्ने बताएका हुन् ।

जोशीले विशेषगरी यस अवधिमा बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै ती क्षेत्रका नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दाले विशेष सतर्कता अपनाउनसमेत आग्रह गरेका छन् । 

‘यी प्रदेशहरूमा आज राति १० देखि आइतबार बिहान २ बजेसम्म २०० मिलिमिटरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जरुरी छ’, उनले भने। 

यो समयमा अनावश्यक रूपमा यात्रा नगर्न जोशीले आग्रह गरे। विभागका अनुसार देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा  प्रभाव  छ । 

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १ : ०० बजे

नागढुङ्गा-मुग्लिन सडकका १६ स्थानमा पहिरोको उच्च जोखिम

मलेखु- वर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका १६

विराटनगर भन्सारबाट मूल्याङ्कन डेटाबेस प्रणालीको सफल परिक्षण

विराटनगर- नेपाल सरकारले विराटनगर भन्सार कार्यालयबाट मूल्याङ्कन डेटाबेस प्रणालीको सफल

सञ्चार सेवा अवरुद्ध भएमा सम्पर्क गर्न सञ्चार मन्त्रालयको अनुरोध

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशका कुनै भूभागमा सञ्चार

निजी हेलिकप्टरलाई तयारी अवस्थामा राख्न सरकारको अनुरोध

काठमाडौं- सरकारले निजी हेलिकप्टरहरूलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न

काठमाडौंमा नदी खोलाछेउका क्षेत्र डुबानमा, जनजीवन प्रभावित (तस्बिरहरु)

काठमाडौं- अविरल वर्षासँगै काठमाडौंका केही स्थानका बस्ती डुबानमा परेका छ्न