जापानमा भालुको आक्रमणबाट एक जनाको मृत्यु, एक बेपत्ता « Khabarhub

जापानमा भालुको आक्रमणबाट एक जनाको मृत्यु, एक बेपत्ता


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

टोकियो– उत्तरी जापानमा च्याउ टिप्ने क्रममा भालुले आक्रमण गरेपछि एक महिलाको मृत्यु हुनुका साथै अर्को एक जना बेपत्ता भएको प्रहरी तथा स्थानीय मिडियाले शनिबार जनाएका छन् । 

हालसालैका वर्षहरूमा जापानमा, आवासीय क्षेत्रहरूमा पनि, घट्दो मानव जनसङ्ख्या र जलवायु परिवर्तन जस्ता कारण  अधिक मात्रामा जङ्गली भालुहरू देखिएका छन् ।

महिलालाई भालुले आक्रमण गरे पछि स्थानीय तथा मिडियाले प्रहरीलाई रिपोर्ट गरेको र अझै मृत्युको कारण बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

मृतकको शरीरमा भएको चोटका आधारमा जनावरले आक्रमण गरेको प्रहरीले विश्वास गरेको सार्वजनिक प्रसारणकर्ता एन. एच. के. ले जनाएको छ ।

असाही सिम्बु दैनिकका अनुसार नागानो प्रान्तमा ७८ वर्षीय व्यक्तिको शव फेला परेको  र मृत्यु भालुको आक्रमण बाट भएको प्रहरीले अनुमान गरेको रिपोर्ट गरेको छ ।  

गत महिना, जापानले भालुको आक्रमणमा वृद्धि भएपछि निर्मित क्षेत्रहरूमा शिकारीहरूलाई राइफल प्रयोग गर्न सजिलो बनाउन हात हतियार सम्बन्धी नियमहरू सहज बनाएको थियो । 
 
एनएचकेका अनुसार राष्ट्रव्यापी रूपमा ६९ जना भालुको आक्रमणले घाइते भएका थिए, जस मध्ये पाँच जनाको यस वर्षको अप्रिल र अगस्टको बिचमा मृत्यु भएको थियो ।

सरकारी तथ्यांकले गत वर्षमा भालुले ८५ जनालाई आक्रमण गरेको र तीन जनाको मृत्यु भएको देखाएको छ ।  

 यसै गरी अघिल्लो वर्ष भालुले २१९ जनालाई आक्रमण गर्दा ६ जनाको मृत्यु भएको जनाइएको छ ।  

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १ : ११ बजे

विश्वकपमा मेसीको कीर्तिमानी ह्याट्रिक: रोनाल्डोको रेकर्ड तोडियो

काठमाडौँ – सन् २०२२ को कतार विश्वकप जितेपछि कप्तान लियोनेल

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ