विराटनगर भन्सारबाट मूल्याङ्कन डेटाबेस प्रणालीको सफल परिक्षण « Khabarhub

विराटनगर भन्सारबाट मूल्याङ्कन डेटाबेस प्रणालीको सफल परिक्षण


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाल सरकारले विराटनगर भन्सार कार्यालयबाट मूल्याङ्कन डेटाबेस प्रणालीको सफल परीक्षण गरेको छ । प्रचलित सन्दर्भ पुस्तिकालाई विस्थापित गरी विश्व व्यापार संगठनअन्तर्गतको ग्याट सम्झौतामा उल्लेखित र अधिकांश मुलुकमा चलेको यो मूल्याङ्कन विधि नेपालमा पहिलोपटक शुरु भएको हो ।

असोज ९ गते अर्थमन्त्री रामेश्वर खनालद्वारा उद्घाटन भएको उक्त प्रणालीले हरेक ६ महिनामा परिमार्जन हुने सन्दर्भ पुस्तिकाका विषयमा व्यवसायीको गुनासो सम्बोधन गर्ने अपेक्षा गरिएको छ । यस विधिमा जाँचपास भएको सबै वस्तुको मूल्य विवरण संग्रह गरिनेछ । सरकारका अनुसार यो भन्सार जाँचपासमा आएका वस्तुको विश्लेषण र तुलना गर्न मिल्ने डिजिटल श्रोत हो जसले कारोबार मूल्य पहिचान गर्न सहयोग पुग्दछ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल पाइलट परियोजनाका रुपमा विराटनगरबाट शुरु भएको मूल्याङ्कन प्रक्रिया उपयोग गर्न उद्यमी व्यवसायीहरुमा आग्रह गरे । साथै, सबै भन्सार विन्दुमा उक्त सेवा शुरु गर्न सरकारसँग पनि उनले आग्रह गरे ।

अनलाइन डेटाबेस प्रणालीलाई विश्व व्यापार संगठनले मान्यता दिएको हुँदा पनि यो वैज्ञानिक विधि भएको र यसले नेपालमा न्यूनबिजकीकरण र अधिक बिजकीकरणको समस्यालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ६ : ०२ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष