विराटनगर भन्सारबाट मूल्याङ्कन डेटाबेस प्रणालीको सफल परिक्षण « Khabarhub

विराटनगर भन्सारबाट मूल्याङ्कन डेटाबेस प्रणालीको सफल परिक्षण


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाल सरकारले विराटनगर भन्सार कार्यालयबाट मूल्याङ्कन डेटाबेस प्रणालीको सफल परीक्षण गरेको छ । प्रचलित सन्दर्भ पुस्तिकालाई विस्थापित गरी विश्व व्यापार संगठनअन्तर्गतको ग्याट सम्झौतामा उल्लेखित र अधिकांश मुलुकमा चलेको यो मूल्याङ्कन विधि नेपालमा पहिलोपटक शुरु भएको हो ।

असोज ९ गते अर्थमन्त्री रामेश्वर खनालद्वारा उद्घाटन भएको उक्त प्रणालीले हरेक ६ महिनामा परिमार्जन हुने सन्दर्भ पुस्तिकाका विषयमा व्यवसायीको गुनासो सम्बोधन गर्ने अपेक्षा गरिएको छ । यस विधिमा जाँचपास भएको सबै वस्तुको मूल्य विवरण संग्रह गरिनेछ । सरकारका अनुसार यो भन्सार जाँचपासमा आएका वस्तुको विश्लेषण र तुलना गर्न मिल्ने डिजिटल श्रोत हो जसले कारोबार मूल्य पहिचान गर्न सहयोग पुग्दछ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल पाइलट परियोजनाका रुपमा विराटनगरबाट शुरु भएको मूल्याङ्कन प्रक्रिया उपयोग गर्न उद्यमी व्यवसायीहरुमा आग्रह गरे । साथै, सबै भन्सार विन्दुमा उक्त सेवा शुरु गर्न सरकारसँग पनि उनले आग्रह गरे ।

अनलाइन डेटाबेस प्रणालीलाई विश्व व्यापार संगठनले मान्यता दिएको हुँदा पनि यो वैज्ञानिक विधि भएको र यसले नेपालमा न्यूनबिजकीकरण र अधिक बिजकीकरणको समस्यालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ६ : ०२ बजे

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका