धर्मशालाबाट आन्तरिक राजस्व कार्यालयको सेवा पुनः थालनी « Khabarhub

 धर्मशालाबाट आन्तरिक राजस्व कार्यालयको सेवा पुनः थालनी


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– आन्तरिक राजस्व कार्यालय तुलसीपुरले त्रिसिद्धेश्वरी मन्दिर तुलसीपुरको धर्मशालाबाट आफ्नो सेवा पुनः सुरुआत गरेको छ ।

धर्मशालाका १३  कोठा भाडामा लिएर कार्यालयबाट प्रवाह गरिने  सेवा  सुरु गरेको कार्यालयका प्रमुख कर अधिकृत श्रीधर टण्डनले जानकारी दिए । गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड तथा आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएपछि धर्मशालाका कोठा भाडामा लिएर सेवा प्रवाह गरेको हो ।

सेवाग्राहीलाई ध्यान दिएर  करदाता सेवा र  राजस्वसम्बन्धी सम्पूर्ण सेवा सुरु गरेको उनको भनाइ छ । उनका अनुसार यस आर्थिक वर्षको असार मसान्तसम्मका लागि मासिक ७५ हजार भाडा तिर्नेगरी मन्दिरसँग सम्झौता गरी धर्मशालामा  कार्यालय स्थापना गरी सोमबारबाट सेवा सुरु गरिएको हो ।

सो कार्यालयका दाङ, पूर्वीरुकुम, प्युठान, रोल्पालगायतका जिल्लाका गरी  ३५ हजार बढी करदाता रहेका छन् । आन्दोलनका क्रममा कार्यालयका दुईवटा  भवन, अफिसर निवास  पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी, दुई गाडी, कार्यालयभित्रका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । भवनमा बस्न नमिल्ने भनी प्राविधिक टोलीले सुझाव दिएकाले कार्यालय धर्मशालाबाट सञ्चालन गरिएको छ ।

यसअघि  गत असोज ७ गतेदेखि सो कार्यालयले तुलसीपुर उद्योग वाणिज्य सङ्घले निःशुल्क रूपमा उपलब्ध गराएको सङ्घको कार्यकक्षबाट आंशिक रूपमा  सेवा सञ्चालन गरिए तापनि अहिले भने धर्मशालाका कोठा भाडामा लिएर कार्यालयबाट हुने सबै सेवा प्रवाह गरेको हो ।

जिल्लामा जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा क्षति भएका भवनका केही कोठालाई मर्मत गरी ती कोठामा बसेर सेवा प्रवाह गरिरहेका छन् । केही कार्यालयले कार्यालय परिसरमा साना टहरा तथा  पाल टाँगेरसमेत सेवा प्रवाह गरिरहेका छन् । (रासस)

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १२ : ४१ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष