इजरायलका मजदुर युनियनमा भ्रष्टाचार : अनुसन्धान भइरहेको प्रहरीको दाबी « Khabarhub

इजरायलका मजदुर युनियनमा भ्रष्टाचार : अनुसन्धान भइरहेको प्रहरीको दाबी


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम – इजरायली प्रहरीले मजदुर युनियन भ्रष्टाचारको अनुसन्धानमा दर्जनौं व्यक्तिलाई पक्राउ गरेको छ । इजरायली प्रहरीले देशको मुख्य मजदुर युनियनमा भएको शङ्कास्पद भ्रष्टाचारको अनुसन्धानको एक भागको रूपमा सोमबार दर्जनौँ व्यक्तिलाई पक्राउ गरेको हो।

सन् १९२० मा बेलायती अनुमतिमा प्यालेस्टाइनमा स्थापना भएको हिस्टाड्रुट युनियनका आठ लाखभन्दा बढी सदस्य छन् र यसले इजरायली समाजमा महत्वपूर्ण भूमिका खेल्छ।

“आज बिहान, इजरायल प्रहरीको ‘लाहव ४३३ नेशनल फ्राएड इन्भेस्टिगेसन युनिट’का गुप्तचरहरूले घूसखोरी, धोखाधडी र विश्वासघात, सम्पत्ती शुद्धिकरण र कर छली गरेको आशङ्कामा दर्जनौं संदिग्धहरूलाई पक्राउ गरी हिरासतमा लिएका छन्,” प्रहरीद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ।

“विगत दुई बर्षमा गरिएको गोप्य अनुसन्धानले आफ्नो हितलाई अगाडि बढाउन र वित्तीय लाभ कमाउनुको बदलामा व्यापारिक व्यक्तित्वहरूबाट घूस र लाभ लिएको शङ्का गरिएका हिस्टाड्रुटभित्रका वरिष्ठ अधिकारी, स्थानीय अधिकारी र सरकारी कम्पनी र कर्पोरेसनहरूमा ध्यान केन्द्रित गर्दछ,” विज्ञप्तिमा भनिएको छ।

इजरायली मिडियाले हिस्टाड्रुटका अध्यक्ष अर्नोन बार–डेभिडलाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको जनाएका छन् ।

सन् २०२३ मार्चमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गरेपछि सरकारको नीतिको विरोध गर्दै बार–डेभिडले आम हड्तालको आह्वान गरेका थिए

पछि उनले गाजामा युद्धको क्रममा हडतालको चेतावनीलाई दोहो¥याएका थिए । गाजामा राखिएका बन्धकहरूको रिहाइका लागि सरकारलाई सम्झौता गर्न माग भएको थियो ।

हिस्टाड्रुटले एक जानकारीमा गिरफ्तारीको जवाफ दिँदै भनेको छ, “सङ्गठन आफ्ना कर्मचारीहरू निर्दोष हुनेमा विश्वस्त छ।”

विज्ञप्तिमा भनिएको छ, “हामी अधिकारीहरूलाई सहयोग गरिरहेका छौँ । सार्वजनिक सेवामा हिस्टाड्रुटको गतिविधि सामान्य रूपमा जारी छ।”

नेतान्याहूको लिकुड पार्टीका सदस्यसमेत रहेका दक्षिणी शहर किरात गाटका मेयर केफिर स्विसाले सोमबार भनेका छन्, “पक्रउ गरेपछि मलाई प्रहरीले यस मामिलामा सोधपुछ गरिरहेको छ।”

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ६ : २५ बजे

आजका समाचार : एमालेको ब्यानरमा विद्या भण्डारी, जसपा–लोसपा एकीकरणमा त्रिपाठी असहमत र इबोलाको जोखिम बढ्दो

विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि विद्यादेवी

पञ्जाब किंग्समाथि शानदार जित निकाल्दै आरसीबी प्लेअफमा

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६१औँ खेलमा आइतबार

इरानी संसद्का सभामुख गालिबाफ चीन मामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त

तेहरान- अमेरिकासँगको वार्तामा प्रमुख वार्ताकारका रूपमा उदय भएका इरानको संसदका

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले संसदीय