काँकरभिट्टाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्यवस्तु निर्यात « Khabarhub

काँकरभिट्टाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्यवस्तु निर्यात


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

झापा– प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो त्रैमासिकमा तीन अर्ब ३६ करोड ७८ लाख ६० हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् ।

उक्त तीन महिनामा सबैभन्दा धेरै अलैँची एक अर्ब ५१ करोड ८१ लाख, चिया ७५ करोड ६६ लाख, प्लाइउड २७ करोड ७४ लाख, भेनियर २७ करोड २८ लाख, अम्लिसो १९ करोड ५९ लाख मूल्यबराबरको निर्यात भएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार अदुवा ११ करोड ९० लाख, ताजा तरकारी नौ करोड ४७ लाख, जडीबुटी एक करोड २४ लाख, मसुरो दाल सात करोड ४१ लाख मूल्यबराबरको निर्यात भएको छ ।

सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वीनाकाबाट एक अर्ब ४५ करोड १३ लाख ६५ हजार मूल्यबराबरको कृषिजन्य मालवस्तु आयात भएको छ ।

आयात हुने मुख्य कृषिजन्य वस्तुहरूमा आलु, कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, मकै, पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो छ करोड २० लाख, चामल चार करोड ९६ लाख, तरकारी तीन करोड छ लाख मूल्यबराबरको आयात भएको छ ।

त्यसैगरी, ताजा फलफूल २३ करोड ६७ लाख, लसुन १७ करोड ९९ लाख, आलु ३० करोड ७७ लाख मूल्यबराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ९ : २७ बजे

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले

समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा

कञ्चनपुर – समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन्

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै