१० घण्टामा झण्डै २ हजार डलरले घट्यो बिट्क्वाइनको मूल्य « Khabarhub

१० घण्टामा झण्डै २ हजार डलरले घट्यो बिट्क्वाइनको मूल्य


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो १० घण्टामा क्रिप्टोकरेन्सी बिट्क्वाइनको मूल्य झण्डै २ हजार डलरले घटेको छ । युनिभर्सल समयअनुसार राति १२ बजे १ लाख ६ हजार ५५७ अमेरिकी डलरमा कारोबार भएको बिटक्वाइनको मूल्य १० घण्टामा ओरालो लागेर १ लाख ३ हजार ७१२ अमेरिकी डलरमा कारोबार भएको छ ।

पछिल्लो २ दिन यता बिटक्वाइनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । नोभेम्बर २ मा १ लाख ११ हजार ९३३ अमेरिकी डलरसम्म बिटक्वाइनको कारोबार भएको थियो ।

बिटक्वाइनको मात्रै नभएर पछिल्लो केही दिनयता अधिकांश क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट आएको छ । पछिल्लो २४ घण्टामा इथर, स्टेबल क्वाइन टिथर, एक्सआरपी, बिएनबी, सोल लगायत अधिकांश क्रिप्टोकरेन्सीको मूल्यमा भारी गिरावट सहित कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ४ : ०१ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति