बागलुङ-घोडाबाँधे सडक कालोपत्र नहुँदा यात्रुलाई सास्ती « Khabarhub

बागलुङ-घोडाबाँधे सडक कालोपत्र नहुँदा यात्रुलाई सास्ती


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे खण्ड ट्रयाक खुलेको २५ वर्ष बित्दा पनि कालोपत्र नहुँदा स्थानीय र यात्रुले सास्ती खेप्दै आएका छन् । सडक हिउँदमा धुलो र बर्सातमा हिलो हुने गरेको छ ।

निर्माण कम्पनीले तत्काल काम नथालेमा स्थानीयले आगामी मङ्सिर १ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिए छन् । यसअघि आन्दोलन गरेका बिहुँवासीले सडक बन्ने आश्वासन पाएपछि पछि हटेका थिए । काठेखोला गाउँपालिका–५ र ६ का स्थानीयले प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई भेटेर निर्माण कम्पनीले तत्काल काम नगरेमा सडक ठप्प पार्ने चेतावनी दिएका छन् ।

स्थानीय कृष्ण कँडेलले भने, ‘यो सडकले हामीलाई धेरै समस्या गरायो, सडक बन्ला बन्ला भन्ने आशामा यतिका वर्ष धैर्य भयौँ, धैर्य गर्दागर्दा आजित भइसक्यौँ, अब सडक निर्माणको काम थालिएन भने मङ्सिर १ गतेदेखि सडक अवरुद्ध गर्छौँ ।’

विसं २०६८ देखि थालिएको लोकमार्ग आयोजनाको काम पटकपटक अलपत्र पर्दा यात्रीले सास्ती खेप्नुपरेको छ । सडकका कारण काठेखोला गाउँपालिका–१, २, ५ र ६ का घर, खेती र फलफूल समेत धुलोले पुरिने गरेको छ । किसानले डाले घाँससमेत पशुचौपायालाई खुवाउन नपाएको गुनासो गरे ।

ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ ठेक्का खुलाएको डेढ वर्ष पुग्न लाग्दा अझै काम अगाडि नबढेको काठेखोला गाउँपालिका–६ का अध्यक्ष बृहस्पति कँडेलले बताए। मध्यपहाडी लोकमार्ग बागलुङभित्र १४२ किलोमिटर छ । त्यसमध्ये अन्य खण्ड कालोपत्र भइसकेको छ । 

सो खण्डको काम सूर्य कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएको थियो । विसं २०७२ माघ १० को ठेक्काको काम नौ वर्षमा ५५ प्रतिशत प्रगति नगरेपछि कालोसूचीमा परेर रद्द भई गत वर्ष रिजाल तामाङ भगवती जेभीले ठेक्का लिएको थियो । 

विसं २०८१ असारमा सम्झौता गरी विसं २०८३ असारमा सक्ने सम्झौता गरेको एक वर्ष बितिसक्दा काम नथालेपछि स्थानीय आक्रोशित भएका हुन् । 

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ४ : ३९ बजे

बैंकिङ कसुर मुद्दामा फरार एकजना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा

जलजलाको सम्भावना उल्झाउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी– प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको सम्भावना

‘ककरोच जनता पार्टी’ लाई काउन्टर दिन ‘ओगी जनता पार्टी’

काठमाडौं- भारतमा भाइरल भइरहेकाे ककरोच जनता पार्टीलाई काउन्टर दिन ओगी

मुस्ताङको लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ– उपल्लो मुस्ताङस्थित लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ

विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी

नयाँदिल्ली– विश्वका सबैभन्दा तातो ७० सहरमध्ये सबै भारतका रहेका छन्।