पक्राउ परे सिंहदरबार र संसद् भवन आगजनीमा संलग्न एक युवक « Khabarhub

पक्राउ परे सिंहदरबार र संसद् भवन आगजनीमा संलग्न एक युवक


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा र आसपासका क्षेत्रमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न एकजना युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले धनुषाको बटेश्वर गाउँपालिका–५ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–३ बस्ने १८ वर्षीय शिवम चौधरी यादवलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यादवले गत भदौ २४ गते प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन र प्रहरी वृत्त बानेश्वरको भवन तथा सवारी साधन तोडफोड र आगजनी गरेका थिए।

उनले प्रहरीको युनिफर्म र ट्राफिक पुलिसको ‘ह्वील लक’ समेत लुटेर दुरुपयोग गरेको खुलेको छ । भिडियो प्रमाणअनुसार उनले सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेको र भिडलाई आक्रमणका लागि उत्तेजित गर्ने अभिव्यक्ति दिएको पनि खुलेको छ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि जारी रहेको जनाएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले अपराधमा संलग्न सबैलाई कानूनी दायरामा ल्याइने बताएका छन् ।

गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सिंहदरबारदेखि नयाँ बानेश्वर क्षेत्रसम्मका सरकारी संरचनामा आगजनी र तोडफोड भएका थिए।

त्यस घटनामा संलग्नको पहिचानका लागि प्रहरीले भिडियो फुटेज, सोसल मिडिया सामग्री र प्रत्यक्षदर्शीका बयानका आधारमा अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ६ : २४ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल