अमेरिका विवादलाई लिएर ज्योति मगर र एलिना चौहानको भनाभन « Khabarhub

अमेरिका विवादलाई लिएर ज्योति मगर र एलिना चौहानको भनाभन


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘अब सुन्छ अमेरिका’ कार्यक्रमका लागि अमेरिकामा रहँदा आयोजकले अपमान र दुर्व्यवहार गरेको आरोप लगाएका कारण चर्चामा रहेकी गायिका एलिना चौहान र अर्की गायिका ज्योति मगरबीच सामाजिक सञ्जालमा मंगलबार भनाभन भएको छ।

‘एलिनाको पक्षमा अरु कलाकारहरुको आवाज सुनिए’ भन्ने आम टिप्पणी केन्द्रित रहेर ज्योतिले स्ट्याट्स राखेपछि एलिनाले उनलाई जवाफ फर्काएकी हुन्।

आयोजकसँगको लफडा सम्बन्धित कलाकार आफैँले सुल्झाउनुपर्ने ज्योतिको आशय थियो।

उनले विगतमा आफ्नो पनि आयोजकसँग विवाद भएको उल्लेख गर्दै लेखेकी थिइन्, ‘आयोजकको गतिविधिमा बोल्ने र विषयमा चित्त नबुझेको कुरा मुखमा बोलियो, झगडा गरियो। सायद म जति लाउड त्यहाँ कोही थिएन। हामीले परिस्थिति अनुरुप परिपक्कताका साथ निर्णय गरेर अगाडि बढ्यौं।’

एलिना आयोजकसँगको विवाद मिडियामा प्राथमिकताका साथ बोलेको विषयमा ज्योतिको असन्तुष्टिसमेत पाइयो।

उनले अगाडि लेखेकी छन्, ‘सबै कलाकारको स्वभाव एउटै हुँदैन। असन्तुष्टि, मनमुटावलाई मिडियामा नै उछाल्नुपर्ने? हामीले जहाँ समस्या भयो त्यही छलफल गरेर समाधान गरियो। आफ्नो कर्तव्य पनि पूरा गरियो। आफ्नो आत्मसम्मानको पनि रक्षा गरियो।’

ज्योतिको यी लाइनले अन्यायमा परेको भए पनि एलिनाले त्यही प्रतिवाद गर्न नसकेको आशय बोक्छ।

एलिनाको सबै विवादमा कलाकारको हिसाबले आफू बोल्न नसक्ने र पक्षमा लाग्न सक्ने ज्योतिको भनाइ छ।

उनले एलिना घरेलु हिंसामा पर्दा आफूले पहिला पक्षमा बालेको स्मरण गर्दै लेखेकी छन्,‘एलिनाको अन्य लफडाहरु लभ परेको, ब्रेकअप भएको, साउन्ड सिस्टमा झुरु भएको, आयोजक खत्तम भएको आदि इत्यादि लफडामा हामी बोल्न जरुरी छैन।’

अर्थात्, कलाकार भएकाले एलिना आफैँले आयोजकसँगको विवाद सुल्झाउनु पर्ने ज्योतिको मत छ।

ज्योतिले आफ्नो पक्षमा नबोलेपछि एलिनाले त्यसबारे रियाक्ट गरेकी छन्। उनले ज्योतिलाई केही नभन्न आफ्ना समर्थकलाई आग्रह गर्दै लेखेकी छन्, ‘ए त्यो ज्योति दिदीलाई मेरो कुरा जोडेर कसैले केही नखेल्नु है।’

एलिना यतिमै रोकिएकी छैनन्। उनलाई सार्वजनिक छवि विपरीतका शब्दको विशेषण ज्योतिमाथि थुपारिदिएकी छन्। एलिनाले ज्योतिलाई लेखेकी छन्, ‘उहाँ जस्ती इमानदार, साहासी, समझदार, वुद्धिमान नारी अरु जन्मिएकै छैनन्। उहाँले मेरो जिम्मा लिनु भएको होइन।’

यी दुईको फेसबुकको भनाभन अहिले सामाजिक सञ्जालमा चर्चामा छ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ९ : ४८ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा