भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता « Khabarhub

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिकमा उत्साहजनक सहभागिता देखिएको छ।

जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख केशवकुमार शङ्खरका अनुसार, कार्यालयमा दैनिक ५० देखि ६० जना मतदाताले नामावली दर्ता गराइरहेका छन्। सेवाग्राहीको चाप बढ्दै गएपछि कार्यालयले सेवा समय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म विस्तार गरेको छ।

शङ्खरका अनुसार, सेवाग्राहीको चाप बढे पनि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा केही कठिनाइ भएको छ। कार्यालयमा हाल छ जनाको दरबन्दीमध्ये चार जना मात्र कार्यरत छन् भने कम्प्युटर अपरेटरको पद रिक्त रहँदा झनै समस्या भएको कार्यालयको भनाइ छ ।

कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्रका साथ व्यक्तिगत रूपमा उपस्थित भई नामावली दर्ता गर्न सकिने जनाएको छ। साथै, सङ्कलनको क्रममा विगतका नामावलीमा भएका त्रुटि सच्याउने, नामावली ठाउँ सार्नेलगायतका कामहरू पनि भइरहेको छ। ठूला चाडपर्व सकिएकाले अब सेवाग्राहीको चाप अझ बढ्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ११ : ०८ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक