भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता « Khabarhub

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिकमा उत्साहजनक सहभागिता देखिएको छ।

जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख केशवकुमार शङ्खरका अनुसार, कार्यालयमा दैनिक ५० देखि ६० जना मतदाताले नामावली दर्ता गराइरहेका छन्। सेवाग्राहीको चाप बढ्दै गएपछि कार्यालयले सेवा समय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म विस्तार गरेको छ।

शङ्खरका अनुसार, सेवाग्राहीको चाप बढे पनि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा केही कठिनाइ भएको छ। कार्यालयमा हाल छ जनाको दरबन्दीमध्ये चार जना मात्र कार्यरत छन् भने कम्प्युटर अपरेटरको पद रिक्त रहँदा झनै समस्या भएको कार्यालयको भनाइ छ ।

कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्रका साथ व्यक्तिगत रूपमा उपस्थित भई नामावली दर्ता गर्न सकिने जनाएको छ। साथै, सङ्कलनको क्रममा विगतका नामावलीमा भएका त्रुटि सच्याउने, नामावली ठाउँ सार्नेलगायतका कामहरू पनि भइरहेको छ। ठूला चाडपर्व सकिएकाले अब सेवाग्राहीको चाप अझ बढ्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ११ : ०८ बजे

‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार प्रवर्द्धन

एमालेको एघारौँ महाधिवेशन जनताको आवाज बुलन्द गर्ने दिन : उपमहासचिव प्रदीप ज्ञवाली 

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको ११ औँ राष्ट्रिय

मधेसका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

धनुषा– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर

हेमजा साहित्य महोत्सव सम्पन्न

गण्डकी – हेमजा साहित्य प्रतिष्ठाद्वारा पोखरा महानगरपालिका–२५ हेमजामा आयोजित दुई

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिका–६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्काखण्डमा आइतबार बिहान मोटरसाइकल